आइतवार, कार्तिक २२, २०८३
  • होमपेज
  • समाचार
  • नुवाकोटमा कांग्रेस र माओवादीलाई कोल्याप्स पार्न एमाले नेता गोकुल बाँस्कोटाको निर्देशन
समाचार

नुवाकोटमा कांग्रेस र माओवादीलाई कोल्याप्स पार्न एमाले नेता गोकुल बाँस्कोटाको निर्देशन

नुवाकोट ।

नेकपा एमालेका प्रभावशाली युवा नेता गोकुल बाँस्कोटाले आगामी निर्वाचनमा नुवाकोट जिल्लामा कांग्रेस र माओवादीलाई कोल्याप्स पार्न निर्देशन दिएका छन । आइतबार एमालेको विदुरनगर कमिटीको प्रथम अधिवेशन उद्घाटन गर्दै पूर्वमन्त्री समेत रहेका बास्कोटाले आगामी निर्वाचनमा कांग्रेस र माओवादीलाई कोल्याप्स गर्नुको विकल्प नरहेको बताए ।

विज्ञापन

 

विज्ञापन

करिब डेढ घण्टा सम्बोधन गरेका बाँस्कोटाले आगामी निर्वाचनमा एमालेले प्रतिनिधिसभामा मात्रै किम्तिमा १३८ सिटमा जित हाँसिल गर्नुपर्ने बताए । उनले ६ पटक अर्थमन्त्री भएका डा रामशरण महतले विकासका नाममा जिल्ला जोड्ने एउटा सडक समेत बनाउन नसकेको भन्दै जनताले मतदान गर्ने कि मलामी बन्ने भन्ने विषयमा निर्णय लिनुपर्ने बताए ।

 

कांग्रेसले पटक पटक सत्तामा बसेर केही नगरे पनि नेकपा एमालेले त्रिदेशीय मार्गको नुवाकोट खण्ड कालोपत्रे गरिसकेको र छहरे टोखामा सुरूङ मार्ग निर्माणको काम सुरू हुने चरणमा पुर्याएको बताए । उनले नुवाकोटकै बाटो हुँदै काठमाडौँ रेल पुर्याउनका लागि एमालेले सपना देखेको भन्दै साकार पार्ने काम पनि एमालेले नै गर्ने बताए । नेता बाँस्कोटाले विकासका लागि एमालेको विकल्प नभएको बताए । उनले वडा तहदेखि संगठन बलियो बनाउँदै गएपछि चुनावमा राम्रो नतिजा प्राप्त गर्न सक्ने बताए ।

 

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न
समाचार
ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न

चितवन, कात्तिक २३ – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व तथा सामुदायिक सेवा कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा ग्रेस इन्टरनेशनल चितवन क्षेत्रअन्तर्गतका नारायणगढ, पर्सा र कावासोती शाखामार्फत रक्तदान, खाद्यान्न तथा घरायसी सामग्री सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, स्वास्थ्य तथा शिक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य शिविर […]

  • १४ घन्टा अगाडि

भर्खरै

सिफारिस