सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • प्रतिगमनको सामना गर्न माओवादी सक्षम छ : अर्थमन्त्री शर्मा
समाचार

प्रतिगमनको सामना गर्न माओवादी सक्षम छ : अर्थमन्त्री शर्मा

हेटौँडा । 

अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य जनार्दन शर्माले माओवादी परिवर्तनको संवाहक भएको दाबी गर्दै यसमाथि निरन्तर प्रहार भइरहेको बताएका छन्। आइतबार मकवानपुरको हेटौँडामा माओवादीको भातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को प्रथम नगर सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्।

विज्ञापन

उनले नेपालको संविधान, संघीयता, धर्मनिरपेक्षता, समावेशिता लगायतका परिवर्तन माओवादी आन्दोलनले सम्भव भएको भन्दै माओवादी सधैँ परिवर्तनको संवाहक भएको जिकीर गरे। त्यही परिवर्तनको संवाहकमाथि अहिले निरन्तर प्रहार भइरहेको भन्दै त्यसको सामना डटेर गर्नसमेत कार्यकर्तालाई आग्रह गरे।

विज्ञापन

 

‘परिवर्तनको संवाहक माओवादी पार्टी हो, त्यसको नेता नायक प्रचण्ड हुन्’, उनले भने, ‘अहिले परिवर्तनको संवाहक माओवादीलाई नढालेसम्म प्रतिक्रान्ति गर्न सकिँदैन भनेर उनीहरूले बुझेका छन्। त्यसैले निरन्तर आक्रमण गरिरहेका छन्।’ त्यस्तो प्रतिक्रान्तिलाई परास्त गर्न माओवादी पंक्ति एक जुट भएर जनतामा जानुपर्नेमा नेता शर्माले जोड दिए। साता दिनअघि पूर्वअर्थसचिव रामेश्वर खनालको भनाइप्रति लक्षित गर्दै उनले त्यसलाई आक्रमणको निरन्तरता भएको बताए।

‘प्रतिगमनकारीले मान्छे प्रयोग गरेर माओवादीको पानी छामेको हो त्यो’, उनले भने, ‘त्यसको सामना गर्न माओवादी र जनता सक्षम छ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस