On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख २०, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • युवालाई स्वदेशमै केही गर्ने सपना देखाउनुहोस् : खेलकूद मन्त्री
समाचार

युवालाई स्वदेशमै केही गर्ने सपना देखाउनुहोस् : खेलकूद मन्त्री

काठमाडौं।

यूवा तथा खेलकूद मन्त्री महेश्वर गहतराज अथकले राष्ट्रिय युवा परिषद कार्यालयको अनुगमन गरेका छन् । राष्ट्रिय युवा परिषदको अध्यक्ष समेत रहेका मन्त्री अथकले शुक्रबार भक्तपुर ठिमिस्थित परिषदको कार्यालयमा पुगेर अनुगमन गरेका हुन्।

विज्ञापन

 

विज्ञापन

अनुगमनका क्रममा युवा परिषदका प्रशासकीय प्रमुख बाबुराम ढुंगानासहितका कर्मचारी तथा युवा परिषदका सदस्यहरुले मन्त्री अथकलाई फूलगुच्छाले सम्मान गरेका थिए । त्यस क्रममा मन्त्री अथकले कार्यालय भवन तथा युवा परिषद अन्तर्गतका ६ वटा शाखाको निरिक्षण गरे।

 

निरिक्षण पछि कर्मचारी तथा पदाधिकारीहरुलाई निर्देशन दिँदै मन्त्री अथकले युवा परिषदलाई युवाहरुको केन्द्रका रुपमा स्थापित गर्न प्रतिवद्ध भएर काम गर्न आग्रह गरे। ४० प्रतिशत बढी युवाको प्रतिनिधित्व गर्ने मन्त्रालयको अभिन्न अंगका रुपमा रहेको युवा परिषदले युवाहरुको मनोविज्ञान बुझेर योजनाहरु तर्जुमा गर्नुपर्ने बताउँदै मन्त्री अथकले भने, “भविष्य बोकेका युवाहरुको मनोविज्ञान तथा भावना बुझेर दिर्घकालीन योजनाको खाका तयार गर्नुहोस् ।”

 

पछिल्लो समय ठूलो मात्रामा युवाहरु बिदेशिने गरेको तर्फ ईंगित गर्दै मन्त्री अथकले युवाहरुलाई स्वदेशमै बस्ने बातावरण निर्माण गर्न नयाँ ढंगले सोच्नुपर्ने आवश्यकता रहेको बताए। “युवालाई स्वदेशमै केही गर्ने सपना देखाउनुहोस्” मन्त्री अथकले भने, “स्वदेशमै विभिन्न क्षेत्रमा सफल कर्मशील युवाहरुबाट उत्प्रेरित हुने गरी अन्य युवाहरुलाई समेत स्वदेशमै रोक्ने खालका योजनाहरु अगाडि बढाउनुहोस् ।”

 

साधन स्रोतका कारण कुनै पनि योजना संचालनमा समस्या हुने अवस्था आउन नदिने प्रतिवद्धता जनाउँदै मन्त्री अथकले सामान्य कर्मचारी भन्दा माथि उठेर देशभरका युवाहरुलाई सपना देखाउने ब्यक्तिका रुपमा आफूलाई उभ्याउन कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन्।

अहिलेकै अवस्थामा युवाहरु बिदेशिने हो भने आगामी ३० वर्षभित्र नेपालमा युवाहरुको खडेरी पर्ने अवस्था आउने खतरा बढ्दै गएको भन्दै मन्त्री अथकले चिन्ता ब्यक्त गरेका थिए।

 

कार्यक्रममा युवा तथा खेलकदु मन्त्रालयका निमिक्त सचिव कमल प्रसाद पोखरेल र सहसचिव विष्णुृराज ढकालले मन्त्रालयले मन्त्रीका रुपमा उर्जावान् ब्यक्ति पाएको भन्दै अहिलेसम्म विविध कारणले रोकिएका र हुन नसकेका महत्वपूर्ण नीतिगत कुराहरुलाई अगाडि बढाउने प्रक्रिया सुरु भएको बताए।

 

कार्यक्रममा युवा परिषदका प्रशासकीय प्रमुख बाबुराम ढुंगानाले कार्यालयको प्रगती विवरण पेश गरेका थिए । पछिल्ला वर्षहरुमा परिषदलाई उपलब्ध हुँदै आएको बजेटमा कटौती हुने क्रम बढ्दै गएको भन्दै ढुंगानाले त्यसतर्फ मन्त्रालयले विशेष ध्यान दिनुपर्ने बताए।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस