On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बुधबार, बैशाख २६, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • आँपटारीमा संचालन गरिएको तौलपुलबाट प्रदेश ट्राफिक मालामाल
समाचार

आँपटारीमा संचालन गरिएको तौलपुलबाट प्रदेश ट्राफिक मालामाल

चितवन । 

चितवनको भरतपुर १ आँपटारीमा संचालन गरिएको तौल पुल ट्राफिक प्रहरीलाई कमाईखाने भाँडो सावित भएको छ । त्यतिमात्रै होइन प्रदेश ट्राफिक प्रहरी कार्यालयले कारवाही गर्नुपर्ने सवारीसाधनका संचालकबाटै मासिक ठूलो रकम अ’वैधरुपमा बुझ्ने गरेको पाइएको छ ।

विज्ञापन

 

विज्ञापन

स्रोतका अनुसार चितवन जिल्ला लगायत आसपासमा रहेका ठूला कम्पनी, सप्लायर्स तथा साना मालवाहक सवारी साधन र बजारमा संचालित विभिन्न ट्रान्सपोर्ट कम्पनीहरुबाट मासिक रुपमा रकम प्रदेश ट्राफिकले बुझ्ने गरेका छन् । स्रोत भन्छ,‘चितवनमा संचालित त्यस्ता सप्लायर्स तथा उद्योगहरुले मासिक रुपमा १० हजार देखि ५० हजार सम्म प्रदेश ट्राफिकलाई बुझाउने गर्दछन् ।’
त्यतिमात्रै नभएर दैनिक रुपमा काठमाण्डौ सम्म तरकारी ढुवानी गर्ने सयौँ साना सवारी साधनले समेत रकम बुझाउने गरेको स्रोतको दावी छ ।

 

जिल्ला ट्राफिक प्रहरी कार्यालयको रोहवरमा रहनुपर्ने तौलपुल प्रदेश ट्राफिक प्रहरीले आफै मातहतमा संचालन गरिरहेको छ । व्यवहारिक रुपमा हेर्दा प्रदेश ट्राफिकले विभिन्न जिल्ला र क्षेत्रको अनुगमन मात्र गर्नुपर्ने हो । यातायात व्यवस्था विभागका प्रवक्ता डा लोकनाथ भुषालका अनुसार उक्त तौलपुल जिल्ला ट्राफिकको मातहतमा हेरिनुपर्दछ । उनी भन्छन्,“आँपटारीको तौलपुल जिल्ला ट्राफिकको मातहतमा हेरिनुपर्ने हो तर उनीहरुको केही कुरा नमिलेर प्रदेश ट्राफिकले हेरेको हुनसक्छ । ”

 

यातायात व्यवस्था सेवा कार्यालय भरतपुरका सूचना अधिकारी गोविन्द पौडेलले यातायातले जिल्ला ट्राफिकलाई नै जिम्मा दिनुपर्ने बताउँछन् । उनी भन्छन्, हेर्नुपर्ने जिल्लालेनै हो । तर प्रदेश ट्राफिकले हरिरहेको छ । जरिवाना पनि उसैले काट्छ । फाट्टफुट्ट मात्रै यातायातमा पठाउँछ । ”

 

दैनिक ६, ७ सय मालवाहक सवारी साधन तौल गर्ने प्रदेश प्रहरीले चालु आर्थिक वर्षको असोज मसान्त सम्म ६ हजार ५ सय सवारी साधनलाई कारवाहीको दायरामा ल्याउँदा ८१ वटा सवारी साधनलाई मात्रै कारवाही गर्न यातायात व्यवस्था कार्यालयलाई सिफारिस गरेको देखिन्छ । ट्राफिकले हमेशा आफैले मनलाग्दी जरिवाना गर्ने गरेको पनि पाइएको छ। अहिले सम्म ओभरलोड भएका सवारी साधनबाट कत्तिपनि सामान झार्न लगाइएको वा झारिएको तथ्याङ्कमा उल्लेख छैन ।

 

जवकी मालवाहक सवारी साधनको भारवहन नियमन सम्बन्धी निर्देशिका २०७४ को १० (१) मा बढी भार बोकेका सवारी साधनको सामान व्यवस्थापन सम्बन्धमा लेखिएको छ,‘बढि भार बोक्ने सवारीसाधनलाई कारवाही र त्यसरी बढि भएको सामान झारी सवारी धनीले त्यस्तो झारेको सामानको भण्डारको व्यवस्था मिलाउनुपर्नेछ ।’

 

तर यो नियमको धज्जी उडाउदै प्रदेश ट्राफिक प्रहरीले जरिवाना लिने र त्यो पनि कति लिने एकीन दर नहुँदा मनपरी हुने गरेको चालकहरु बताउँछन् । झार्न नमिल्ने सामानको हकमा ठिकै भएपनि झार्न मिल्ने सामान समेत नझारी त्यहाँका ट्राफिकले अतिरिक्त रकम असुल्ने गरेको स्रोतको भनाई छ ।

 

स्रोतका अनुसार तौलपुलमा खटिने कर्मचारीले मासिक मोटो रकम जुनकुनै हालतमा अवैध रकम प्रमुखलाई बुझाउनुपर्ने शर्तनै हुनेगर्दछ । यदी त्यसो नभए तुरुन्तै इन्चार्ज परिवर्तन गर्ने गरीन्छ ।

 

आफूले भनेको मान्ने नजिकका कर्मचारीलाई मात्रै त्यहाँ खटाउने गर्दछन् । कतिसम्म भने अन्तै दरवन्दी भएका प्रहरीलाई काजमा ल्याएर समेत त्यहाँ खटाउने गरिन्छ । तर अहिले भने यस अघि हवल्दारको कमाण्डमा रहेको तौलपुल असईको कमाण्डमा आइसकेको छ ।

 

२०७७ साल माघ १८ गते विधिवत रुपमा उद्घाटन गरिएको उक्त तौलपुल (धर्मकाँटा) हाल बागमती प्रदेश ट्राफिक कार्यालयले हेर्दै आएको छ । अहिले असई नवनीत कुमार झाको नेतृत्वमा उक्त तौलपुल संचालन भइरहेको हो । चार जना ट्राफिक प्रहरी र तीन जना यातायात व्यवस्था विभागका कर्मचारीहरु उक्त ठाउँमा २४ सै घण्टा खटिएका छन् । तर यातायात व्यवस्था विभागले भने करारमा स्थानीयलाई कर्मचारीको रुपमा राखेको छ ।

 

व्यवहारिकताको आधारमा पनि जिल्लामा स्थापना भएपछि जिल्ला ट्राफिकलाई हेर्न जिम्मा दिनुपर्ने भएपनि उक्त तौलपुल प्रदेश प्रहरी मातहत चलाइनुले पनि आर्थिक चलखेलको आशंका अझ बढेर गएको छ । आर्थिक अनियमितताको आशंका त्यहाँ हुने कारवाहीको प्रकृतिले समेत प्रष्ट पार्दछ ।

 

आर्थिक अनियमितताको विषयमा प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालालाई वारम्वार सम्पर्क गर्दा उनले फोन उठाएनन् । तर कार्यालयमा रहेका प्रवक्ता डिएसपी प्रकाश श्रीमलले यस विषयमा आफूहरुलाई अहिले सम्म कुनै जानकारी नभएको र आफूलाई थाहा नभएको बताए । उनले भने,“यदि त्यसो हो भने यसलाई तत्काल सुधार गर्नुपर्छ ।”

 

एक दुई जना त्यस्ता कर्मचारीको कारणले सिँङ्गो संस्थानै वदनाम हुने हुनाले यसलाई अख्तियारले राम्रैसँग अनुगमन गर्नुपर्ने उनको भनाई छ ।

 

प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरले दिएको पछिल्लो तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७÷०७८ मा २५ हजार १०४ सवारी साधनलाई कारवाही गर्दा २ करोड ३९ लाख १३ हजार रुपैयाँ राजश्व संकलन भएको देखिन्छ । भने सोही अवधिमा यातायात व्यवस्था कार्यालय चितवन मार्फत १९ वटा मात्रै सवारी साधनलाई कारवाही गर्न सिफारिस गरिएको र उक्त कारवाहीबाट ३ लाख ९८ हजार ५८८ रुपैँया राजश्व संकलन भएको छ ।

 

त्यस्तै चालु आर्थिक वर्षको तीन महिनामा ६ हजार ५ सय सवारी साधन कारवाही हुँदा ८९ लाख ७५ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको छ भने ८० वटा सवारी साधनलाई कारवाहीका लागि यातायात कार्यालय पठाउँदा कारवाहीबाट २७ लाख ३६ हजार ६७५ रुपैयाँ राजश्व संकलन भएको देखिन्छ ।

 

चितवनको भरतपुर महानगरपालिका १ स्थित पूर्व पश्चिम राजमार्गको आँपटारीमा नव निर्मित तौल स्टेशन (तौल पुल)को २०७७ मा तत्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङले उद्घाटन गरेका हुन् ।

राजमार्ग सँगै रहेको उक्त तौल पुलको क्षमता ८० टनको छ । १८ मिटर लम्वाइ रहेको उक्त पुलसँगै कार्यालय तथा आवास प्रयोजनका लागि तीन कोठाको भवन, कन्ट्रोल रुम, सार्वजनिक शौचालय, विद्युत, टेलिफोन खानेपानी तथा सीसी क्यामेरा समेत जडान गरिएको छ ।

 

उक्त तौल पुल निर्माणका लागि दुई वटा ठेक्का सम्झौता भएको थियो । एउटा ठेक्काबाट ६७ लाख ८४ हजार ७५८ रुपैयामा तौल पुल तथा भवनको निर्माण गरिएको थियो भने अर्को ठेक्कबाट ५३ लाख ८८ हजार ९०७ रुपैयाका सामान आयात गरिएको थियो ।

 

उक्त तौल पुल लगायत सम्पूर्ण भौतिक सामाग्रीहरु तयार पार्न कूल १ करोड २१ लाख ७३ हजार ६६५ रुपैया लागेको यातायात व्यवस्था विभागले जनाएको छ ।

 

राजमार्गमा हिँड्ने मालवाहक सवारी साधनले क्षमता भन्दा वढि लोड बोकेमा सडकको आयू घट्ने र दुर्घटना हुने सम्भावना भएकाले त्यस्ता बढि भार बोक्ने सवारी साधनलाई नियमन तथा निन्यत्रणमा ल्याउनका लागि यस्ता तौल पुलले महत्वपूर्ण भूमिका खेल्न गर्दछ । तर बढि भएको समाननै नझार्ने र रकम मात्रै बढाउने उद्देश्य ट्राफिक प्रहरीको देखिन्छ । जुन आश्चर्य जनक छ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस