सोमवार, कार्तिक २३, २०८३
  • होमपेज
  • समाचार
  • कञ्चनपुरबाट माधव नेपालले भने , केपी ओली गफाडी, हामी कामकाजी
समाचार

कञ्चनपुरबाट माधव नेपालले भने , केपी ओली गफाडी, हामी कामकाजी

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ‘गफाडी’को संज्ञा दिएका छन्।

एकीकृत समाजवादी कञ्चनपुरको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केपी ओली गफमा रमाउने व्यक्ति भएको टिप्पणी गरे।

विज्ञापन

‘केपी ओली गफाडी हुन्। हामी कामकाजी। हामीबीच यहीँ भिन्नता छ। ओली गफमा रमाउने, हामी काममा,’ उनले भने, ‘ओलीले घरघरमा ग्यास ल्याउने, पानी जहाज चलाउने नक्कली कुरा गरे।’

विज्ञापन

केपी ओली दक्षिणपन्थी शक्तिहरूसँग साँठगाँठमा गरिरहेको उनको आरोप छ।

‘ओली दक्षिणपन्थी दिशामा अगाडि बढेका छन्। दरबारीयासँग उनको सम्बन्ध छ’ नेपालले भने, ‘ओली राप्रपा र महन्थ ठाकुरसँग मिल्छन्। हामी जहिल्यै पनि प्रतिगमनका विरुद्ध छौँ।’

ओलीले विदेशी शक्ति सामु घुँडा टेकेको उनको आरोप छ। अध्यक्ष नेपालले सुदूरपश्चिममा आफ्नो पार्टी सबैभन्दा बलियो भएर कीर्तिमान राखेको बताए। बागमती प्रदेशमा आफ्नो नेतृत्वमा सरकार बनेको बताउँदै नेता नेपालले प्रदेश नम्बर १ मा पनि छिट्टै सरकार बन्ने दाबी गरे।

‘अष्टलक्ष्मी हामीसँग रहनु भएन। त्यसैले हामीले राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनायौँ। हामीसँग नभएको मान्छेको माया किन राखिराख्नु?’ उनले भने, ‘अहिले पनि आएर पार्टीमा काम गर्नुस्। हामी कसैसँग बदलाको भावना राख्दैनौँ।’

सुदूरपश्चिम प्रदेशको नेतृत्वको लागि छलफल भइरहेको उनको भनाई थियो।

‘हामी पहिलो दल हो। ढिलोचाँडो नेतृत्वमा आउँछौँ। त्यसका लागि छलफल भइरहेको छ’ उनले कार्यकर्तालाई भने, ‘यो हक पनि हो।’

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न
समाचार
ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न

चितवन, कात्तिक २३ – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व तथा सामुदायिक सेवा कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा ग्रेस इन्टरनेशनल चितवन क्षेत्रअन्तर्गतका नारायणगढ, पर्सा र कावासोती शाखामार्फत रक्तदान, खाद्यान्न तथा घरायसी सामग्री सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, स्वास्थ्य तथा शिक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य शिविर […]

  • २ दिन अगाडि

भर्खरै

सिफारिस