आइतवार, कार्तिक २२, २०८३
  • होमपेज
  • समाचार
  • प्रहरी जवानको मनोबल बढ्नेगरी सुधारका काम गर्दैछौँ : गृहमन्त्री खाण
समाचार

प्रहरी जवानको मनोबल बढ्नेगरी सुधारका काम गर्दैछौँ : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले नियमावली संशोधन गरेर नेपाल प्रहरी भित्र केही सुधारका काम गर्न लागेको बताएका छन्।

 

विज्ञापन

बुधवार नेपाली कांग्रेस तरुण विभागले आयोजना गरेको ‘साफ च्याम्पियनसिप २०२१, फुटबल टिमका राष्ट्रिय खेलाडीहरुलाई सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रम’ लाई सम्बोधन गर्दै गृहमन्त्री खाणले सरकारले नेपाल प्रहरीको संगठन भित्र सुधारको काम गर्न लागेको बताए।

विज्ञापन

 

नियमावली संशोधन गरेर भएपनि प्रहरी जवानहरू उत्साहित भएर र आत्मबल बढाएर काम गर्न सक्ने वातावरण बनाउन लागेको उनले बताए।

 

प्रहरी संगठनको तल्लो तहबाट परिवर्तन ल्याउन सरकार लागेको उनले उल्लेख गरे। प्रहरीभित्र बढुवा गर्नका लागि थप पद सिर्जना गर्न लागेको उनले जानकारी दिए।

 

उनले भने, ‘सुरक्षा निकायले पनि, प्रशासनका कर्मचारी र प्रशासनका पदाधिकारीले पनि सबै नेपालीलाई सम्मान गर्नुहोस्। कुनैपनि अफिसमा बसेको अधिकृत वा हाकिमले कुनै नेपालीलाई तँ भन्नै पाइँदैन। सबैलाई सम्मान। त्यस्तै नेपाल प्रहरी र सुरक्षा निकायपनि प्रहरी अधिकृतहरूले पनि सबैलाई सम्मानार्थी शब्द प्रयोग गर्नैपर्ने त्यो हाम्रो निर्देशन जारी भएको छ। समानता व्यवहारमा पनि हुनुपर्‍याे। स्वतन्त्रता, समानताका हामी पक्षपाती। समान व्यवहार हामी सबैले गर्नुपर्छ। अहिले गृह मन्त्रालय र नेपाल सरकारले नेपाल प्रहरीमा केही परिवर्तन ल्याउन खोजिराखेको छ। तलबाट परिवर्तन ल्याउने कोसिस छ।

नियमावलीमा संशोधन गरेर नेपालका सम्पूर्ण प्रहरी जवानहरू उत्साहित हुन् सकुन्। उनको पनि आत्मबल बढोस्। उनीहरु दिनरात सुरक्षाका लागि खटेका छन्, त्यहाँ कमीकमजोरी होला, ति कमीकमजोरीलाई सुधार्ने हो। तर तिनीहरु पनि नेपाली नागरिक हुन्। नेपाली नागरिक भएको कारणले तिनको पनि सुविधाको लागि, तिनको पनि भविष्यका लागि सोच्ने काम सरकारको हो। त्यो दायित्व पुरा गर्ने कोसिस हामीले गरिरहेका छौँ।’

गृहमन्त्री खाणले नेपाली कांग्रेसले सधैँभरी खेलाडीहरुलाई सम्मान गर्ने उल्लेख गर्दै अब हुने तिनै तहको निर्वाचनमा सर्वोत्कृष्ट खेलाडीलाई कांग्रेसले उम्मेदवार बनाउने प्रयत्न गर्ने पनि बताए।

उनले भने, ‘नेपाली कांग्रेसले खेलाडीहरुलाई सदैव सम्मान गर्छ। आउने दिनमा प्रयत्न के रहन्छ भने स्थानीय निर्वाचनमा, प्रदेश निर्वाचनमा र प्रतिनिधिसभाको निर्वाचनमा पनि खेलाडीहरुमध्ये सर्वोत्कृष्ट खेलाडीलाई हामीले उम्मेदवार बनाउन सकियोस् भन्ने हाम्रो प्रयत्न छ।’

उनले आगामी वर्षको प्रतियोगितामा विजयी भएर आएमा फुटबल टिमका सदस्य र व्यवस्थापकलाई राष्ट्रिय तक्माबाट सम्मान गर्ने पनि बताए।

 

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न
समाचार
ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न

चितवन, कात्तिक २३ – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व तथा सामुदायिक सेवा कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा ग्रेस इन्टरनेशनल चितवन क्षेत्रअन्तर्गतका नारायणगढ, पर्सा र कावासोती शाखामार्फत रक्तदान, खाद्यान्न तथा घरायसी सामग्री सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, स्वास्थ्य तथा शिक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य शिविर […]

  • १३ घन्टा अगाडि

भर्खरै

सिफारिस