सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • चितवनमा विदेशी सम्बन्धन भन्दै अवैध रुपमा आइएसएमटी कलेज विद्यार्थी ठग्दै
समाचार

चितवनमा विदेशी सम्बन्धन भन्दै अवैध रुपमा आइएसएमटी कलेज विद्यार्थी ठग्दै

चितवन । 

चितवनको भरतपुरमा गैर कानुनी रुपमा आइएसएमटी कलेज चितवनको नाममा सञ्चालन भएको पाईएको छ । नेपालमा बेलायती डिग्री प्रदान गर्ने भन्दै विगत आधा दशकदेखि काठमाडौँको शाखा कलेजको रुपमा आइएसएमटी कलेज चितवन भरतपुरमा सञ्चालित छ ।
नेपालको शिक्षा कानुन अनुसार कुनै पनि कलेज वा शैक्षिक संस्थाले शाखा खोल्न पाउँदैनन् ।

विज्ञापन

 

विज्ञापन

तर, आफ्नो नाममा पछाडि स्थानिय ठाउँहरुको नाम जोडेर आइएसएमटीले अवैध रुपमा शिक्षामा ठगी गरिरहेको छ । चितवनमा मात्रै नभई यो कलेजले पोखरा र विराटनगरमा समेत ठगीको सञ्जाल विस्तार गरिरहेको छ ।

शाखा खोल्न नपाउने प्रावधानलाई सत्ता र शक्तिको आडमा आईएसएमटीले विद्यार्थीहरुको भविष्यमा नै खेलवाड गरेको एक पिडित अभिभावकले जानकारी दिए ।
“शैक्षिक हवको रुपमा विकसित चितवनमा यसरी अवैध रुपमा विदेशी सम्बन्ध प्राप्त कलेज खोल्दा स्थानिय सरकार पनि मौन छ, उनले भने, राज्य कहाँ, भनौँ कसले सुन्ने, नभनौँ म आफै ठगिएको छु । जेपनि गर्ने धम्की छ । ”

काठमाडौँमा पटक–पटक शिक्षा मन्त्रालयको कार्वाहीपछि दर्ता भएको कलेजले शैक्षिक मापदण्ड उल्लंघन गर्दै चितवनमा शाखा विस्तार गरेको छ । भने विद्यार्थीहरुमाथि चरम आर्थिक शोषण पनि गरेको छ ।

कुनैपनि वैधानिक प्रक्रिया पूरा नगरी खुलेआम कक्षा सञ्चालन समेत कलेजले चितवन। पोखरा र विराटनगरमा पनि गरिरहेको छ । यसरी सञ्चालनमा आएको अवैध कलजले अभिभावकको ढाड सेकिने गरी मनपरी महंगो शुल्क उठाएपनि गुणस्तरीय शिक्षा दिन नसकेकाले विद्यार्थीको भविष्य नै अन्योलमा पर्न सक्ने एक विद्यार्थीका अभिभावकले बताए ।

नेपालमा दुई वर्ष पढाएर एक वर्ष क्रेडिट ट्रान्सफरको सुविधा भएको भन्दै प्रचार आइएसएमटीले गरिरहेको छ ।
एक विद्यार्थी नाम नबताउने शर्तमा भने, ठुला ठुला होडिङ र मिडियाहरुमा घर दैलोमै विदेशी डिग्रीको पढाई भन्दै प्रसार गरियो । अहिले पढेपछि थाहा भो । यहाँको संरचना र शिक्षाको गुणस्तर हेर्दा बरु हाम्रै बालकुमारी नै पढको भए, राम्रो हुने थियो होला !

“अहिले झन आफुहरु पढिरहेको चितवन आइएसएमटी गैरकानुनी रहेको सुन्दा छागाँबाट खसे जस्तो भएको छ, उनले भने । अब सबै पिडित विद्यार्थीहरु एकिकृत भई आन्दोलनसगैँ कानुनी प्रक्रियामा जानेछौँ । ”

“दर्ता विनाको आइएसएमटी कलेजले अभिभावकलाई ठगिरहेको गुनासो हामी पनि आएको छ भरतपुर महानगरका महानगर शिक्षा अधिकारी महेन्द्र पौड्यालले भने, शैक्षिक हव बनेको भरतपुरलाई कलेजले गलत सन्देश दिएको छ । कार्वाही र नियमन गर्ने अधिकार स्थानिय तहले होईन्, मन्त्रालय गर्ने हो ।”

कलेजमा विद्यार्थीलाई गलत सूचना दिएर आफ्नोमा भर्ना गराउनु गैरकानुनी भएपनि राज्यकै नियमलाई यो कलेजले भने उज्जी उडाएको विद्यार्थीहरुको भनाई छ ।
कलेज बारेमा बुझदा कलेज काठमाडौँमा शिक्षा मन्त्रालयको कार्वाहीपछि दर्ता भए पनि चितवनसहित पोखरा र विराटनगरमा अवैध रुपमा सञ्चालन रहेको जानकारी शिक्षा मन्त्रालयले दिएको छ ।

कलेजका सञ्चालक योगेश उप्रेतीले आर्थिक लाभका लागि विद्यार्थीहरुलाई छिटै विदेश जान पाउने र सहज हुने प्रलोभन पार्दै एउटा कक्षा भनि अर्को कक्षामा पढाउने र नभए कमिशनमा व्रिटिश कलेज काठमाडौँ र विदेश पठाउने समेत गरेका छन् ।

नेपालमा विदेशी डिग्री पढाउने कलेजहरुका बेथिती रोक्न २०७६ साल मंसिर २४ गते निर्देशिकामा थप कडाइ गरिएको थियो । तर अहिलेसम्म त्यो कार्यान्वयन हुन सकेको छैन् ।

यस विषयमा थप जानकारी लिन खोज्दा कलेजका सञ्चालक योगेश उप्रेतीसँग सम्पर्क हुन सकेन् । यस बारेमा थप सामाग्री भिडिओसहित फलोअपमा आउनेछौँ ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस