सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • आफूपछि एमालेको नेतृत्व राष्ट्रपति भण्डारीकी छोरीलाई सुम्पने ओलीको तयारी
समाचार

आफूपछि एमालेको नेतृत्व राष्ट्रपति भण्डारीकी छोरीलाई सुम्पने ओलीको तयारी

काठमाडौँ  ।

राष्ट्रपति विद्यादेवी भण्डारीमा अझै पनि सक्रिय राजनीतिको मोह देखिँदै आएको छ ।

विज्ञापन

 

विज्ञापन

एमालेमा देखिएको विवादमा भण्डारीले प्रत्यक्ष रूपमा हस्तक्षेप पनि गर्दै आएकी छन् । त्यसैले एमाले नेता कार्यकर्ता अध्यक्ष केपी ओलीपछि पार्टीको बागडोर भण्डारीको हातमा पुग्ने अनुमान बेलाबेलामा गर्ने गर्छन् ।

 

एमालेको विधान हेर्दा अझै पाँच वर्ष ओली नै पार्टी अध्यक्ष बन्नेछन् । ११औं महाधिवेशनमा अहिले ६७ वर्ष उमेरभन्दा माथिका सबै नेता रिटायर्ड हुनेछन् । आफू ७५ वर्ष पुगेपछि ओलीले कि त भण्डारी नभए उनकी जेठी छोरी उषाकिरण भण्डारीलाई नेतृत्वका लागि योग्य उम्मेदवार बनाउने रणनीति अख्तियार गरेको बुझिएको छ ।

 

एमालेका दिवंगत महासचिव मदन भण्डारीकी जेठी छोरी उषाकिरणलाई दशौं महाधिवेशनमा पदाधिकारी बनाउने भित्री तयारी भएको छ । उषाकिरण अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य हुन् ।

 

एमालेको राजनीतिमा प्रभाव बनाउँदै आएको मदन भण्डारी फाउन्डेसनकी अध्यक्ष उषाकिरणलाई ओलीले सचिव बनाउने तयारी स्रोतले बतायो । एमाले महाधिवेश मंसिर ९–१२ सम्म चितवनमा आयोजना हुँदैछ । यदि उषाकिरण पार्टी राजनीतिमा आएमा एमालेको विरासत मदन भण्डारी परिवारमा पुनः फर्कने निश्चित रहेको बताइन्छ ।

 

राष्ट्रपति भण्डारीकी कान्छी छोरी निशाकुसुमले नेपाली कांग्रेसकी पूर्वसांसद किरण यादवको छोरासँग विवाह गरेकाले उषाकिरणले नै भण्डारी परिवारबाट एमालेको राजनीतिमा भविष्यमा नेतृत्व लिने बुझिएको छ ।

 

एमाले नेतृत्वमा आउन खोजेका ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ, भीम रावल, अष्टलक्ष्मी शाक्य भने त्यतिकै रिटायर्ड हुने भएका छन् ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस