सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • माधव नेपालको समाजवादी पार्टीका मन्त्रीलाई निर्देशन ,देश र जनताको हितमा इमान्दारिता र कर्तव्य निष्ठाका साथ काम गर्नु
समाचार

माधव नेपालको समाजवादी पार्टीका मन्त्रीलाई निर्देशन ,देश र जनताको हितमा इमान्दारिता र कर्तव्य निष्ठाका साथ काम गर्नु

समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले आफ्ना पार्टीका मन्त्रीहरूलाई १० बुँदे निर्देशन दिएका छन्।

बुधबार अन्तर पार्टी निर्देशनमार्फत् उनले आफ्ना पार्टीका मन्त्री उक्त निर्देशन दिएका हुन्।

विज्ञापन

सरकारमा रहेर देश र जनताको निम्ति राम्रो काम गर्न सकियोस् भन्ने उद्धेश्यले पार्टीको तर्फबाट संघीय सरकारमा सहभागी मन्त्रीलाई पार्टी अध्यक्षले निम्न निर्देशन दिएका छन्।

विज्ञापन

निर्देशन प्रदेश सरकारका मन्त्रीहरूले पनि पालन गर्नुपर्ने पार्टीले जनाएको छ।
१. इमान्दारिता र कर्तव्य निष्ठाका साथ काम गर्न ।
२. राष्ट्र र जनताको हितलाई केन्द्रबिन्दुमा राखेर काम गर्न ।
३. निजी स्वार्थ, अनिमियतता र भ्रष्टाचारबाट मुक्त रहन ।
४. योग्यता, क्षमता र कार्यसम्पादनमा उत्कृष्टताको आधारमा व्यक्तिको छनोट गरी जिम्मेवारी दिन ।
५. विवादमा पर्ने कुनै पनि काम नगर्न ।
६. स्वच्छ र सादा जीवन, असल आचरण र संस्कारको अवलम्बन गर्न ।
७. पार्टीको नेतृत्व र सम्बन्धित विभागसँग समन्वय गरी काम गर्न र पार्टीको निर्देशन र सल्लाहलाई पालना गर्न ।
८. सम्बन्धित क्षेत्रका विज्ञ तथा अनुभवी व्यक्तिहरूबाट नियमित रूपमा राय परामर्श लिन ।
९. नेता, कार्यकर्तासँग जीवन्त सम्पर्क राखी छिटोछरितो ढंगले काम गर्न ।
१०. पाँच दलीय गठबन्धनको भावना अनुरूप अन्य दलहरूसँग सहकार्य गर्न ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस