On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

आइतवार, मंसिर १७, २०८०
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • अर्थमन्त्री शर्माको अर्को निर्णय सरकारको करोडौँ रकम बचत हुने
समाचार

अर्थमन्त्री शर्माको अर्को निर्णय सरकारको करोडौँ रकम बचत हुने

काठमाडौं ।

चालु आर्थिक वर्ष २०७८/७९ मा सार्वजनिक खर्चलाई मितव्ययी बनाउन अर्थ मन्त्रालयले मापदण्ड तोकेको छ । तोकिएको मापदण्ड अनुसार विदेशी अतिथि तथा पाहुनाका लागि बाहेक सरकारी खर्चमा भोज भतेर गर्न रोक लगाइएको छ ।

विज्ञापन

अर्थ मन्त्रालयले सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउनेसम्बन्धी मापदण्ड सार्वजनिक गर्दै यस्तो व्यवस्था गरिएको जनाएको हो । नियमित प्रकृतिका कामलाई कार्यक्रम खर्चमा राखि सञ्चालन गर्न नपाइने र कार्यक्रम खर्चबाट मर्मत, इन्धन, बैठक भत्ता जस्ता खर्चमा समेत लेख्न नपाइने गरी अर्थले मापदण्ड तोकेको छ ।

विज्ञापन

अतिरिक्त भत्ता नपाइने

सार्वजनिक खर्चमा मितव्ययीता अपनाउन तयार पारिएको मापदण्ड अनुसार प्रोत्साहन भत्ता, अतिरिक्त काम गरे वापतको भत्ता, जोखिम भत्ता, विशेष भत्ता तथा खाना खाजा लगायत शीर्षकमा कुनै पनि प्रकारको भत्ता प्रदान नगरिने उल्लेख छ ।

तर, कोभिडकालमा अग्रिपंक्तिमा खटिने स्वास्थ्यकर्मी, कर्मचारी, सफाईकर्मी तथा सुरक्षाकर्मीको हकमा भने कुल कार्यरत संख्याको १० प्रतिशतमा नबढ्ने गरी जोखिम वर्गिकरणका आधारमा भत्ता दिन सकिने मापदण्डमा उल्लेख छ ।

निजी सवारी, भान्छे, निजी सहायक राख्नु पर्ने पदाधिकारीलाई ती कर्मचारीको शुरु पारिश्रमिकबाहेक महँगी भत्ता, चाडपर्व खर्च, पोशाक खर्चसमेत उपलब्ध नगराउने अर्थले स्पष्ट पारेको छ ।

सरकारी वा आफ्नो निजी आवास प्रयोग गर्ने पदाधिकारीले आवास सुविधा वापतको रकम लिन पाउने छैनन् । त्यस्तो लिएको भेटिएमा भने सरकारी बाँकी सरह असुल उपर हुने भएको छ । नियमित कामका लागि बैठक भत्ता नदिने तर कानून अनुसार गठन भएका समितिको बैठकका लागि भने भत्ता नरोकिने अर्थले जनाएको छ ।

एकभन्दा बढी सरकारी सवारी राख्न नपाइने

मापदण्ड अनुसार सरकारले तोकेको अवस्थामा बाहेक एकभन्दा बढी सवारी साधन उपलब्ध नगराइने भएको छ ।

मन्त्रालय/निकाय वा अन्तर्गत भएका सवारी साधनको संख्या र प्रयोगको अवस्थासहितको अध्यावधिक अभिलेख समेत राख्नु पर्ने भएको छ ।

नेपाल सरकारको स्रोत, वैदेशिक अनुदान तथा ऋणबाट स्वास्थ्य सेवा सञ्चालन र निर्वाचन प्रयोजनबाहेक अन्य अवस्थामा चार पाङ्ग्रे सवारी साधन खरीद नगरिने समेत अर्थले जनाएको छ । अहिले रहेका सवारी साधनको मितव्ययी ढंगले मर्मत गरी उपयोग गर्नुपर्ने भएको छ । उपयोगमा नआउने २० वर्ष पुगेका सवारी साधनलाई भने अनिवार्य रुपमा लिलामी गर्नुपर्ने अर्थले जनाएको छ ।

सार्वजनिक बिदाको दिन उपत्यकाभित्र सम्बन्धित निकायको सचिव वा प्रमुख जिल्ला अधिकारी र उपत्यकाबाहिर सम्बिन्धत जिल्लाको प्रमुख जिल्लो अधिकारीको अनुमतिविना सवारी साधन चलाउन पाइने छैन ।

सरकारी स्रोतमा वैदेशिक भ्रमण–अवलोकनमा जान नपाइने

मापदण्ड अनुसार नेपाल सरकारको स्रोत वा वैदेशिक ऋणबाट खर्च बेहोर्ने गरि वैदेशिक अवलोकन, तालीम वा अध्ययन भ्रमणमा मनोनयन नगरिने अर्थले जनाएको छ ।

विदेशस्थित गैरसरकारी संस्थाबाट प्राप्त भएको निमन्त्रणाका आधारमा जाने क्रममा समेत सरकारको स्रोतबाट खर्च उपयोग गर्न नपाइने भएको छ । तर, सरकारको औपचारिक प्रतिनिधित्व गर्नेपर्ने अवस्थामा भने अर्थ मन्त्रालयको सहमितमा जान सकिने भएको छ । विशिष्ट व्यक्तिले नेतृत्व गर्ने बाहेक अर्थ मन्त्रालयको स्वीकृति बेगर सरकारको प्रतिनिधित्व गरि विदेश जाने प्रतिनिधिमण्डलमा तीन जना भन्दा बढी सहभागी हुन नपाइने भएको छ ।

सार्वजनिक निकायका पदाधिकारीले आयोजना सम्वद्ध निर्माण व्यवसायी वा परामर्शदाताको खर्चमा समेत विदेश जान रोक लगाइएको छ । सरकारी कामको अनुगमन तथा भ्रमणमा जान्दा समेत तीन जना भन्दा बढी लान नपाइने र फर्केपछि अनुगमन प्रतिवेदन पेश गरेपछि मात्र खर्च लेख्नु पर्ने भएको छ ।

हरेक महिना १० प्रतिशत पुँजीगत खर्च

अर्थले आयोजना कार्यान्वयनका सिलसिलामा सरकारी निकायले मासिक खर्च विभाजन सहितको वार्षिक कार्ययोजना बनाई कार्यान्वयन गर्नुपर्ने भएको छ ।

आयोजना कार्यान्वयन गर्दा प्रथम चौमासिक अवधिभित्र न्यूनतम १० प्रतिशत, त्यसपछि त्रैमासिक विनियोजन भन्दा कम नहुने गरि प्रत्येक महिना न्यूनतम १० प्रतिशतका दरले असार मसान्तभित्र १० प्रतिशत नतिजा निकाल्नु पर्ने भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस