On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख ८, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • ‘एमाले कुनै हालतमा फुट्दैन् ’ ,एमाले लाई कमजोर पार्नको लागि देशी ,विदेशी शक्तिहरु लागिरहेका छन् : युवराज ज्ञवाली
समाचार

‘एमाले कुनै हालतमा फुट्दैन् ’ ,एमाले लाई कमजोर पार्नको लागि देशी ,विदेशी शक्तिहरु लागिरहेका छन् : युवराज ज्ञवाली

नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले हिजो बसेको स्थायी कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको कुनै आलोचना नभएको स्पष्ट पारेका छन् । बैठकमा हालै ललितपुरको गोदावारीमा सम्पन्न भएको प्रथम विधान महाधिवेशनको बारेमा सकारात्मक रुपमा समिक्षा भएको उनको भनाई छ । उनले आफूहरुमा भय र डर भएको भए एमालेमा सामेल नै हुने अवस्था हुँदैन थियो भन्ने धारणा राखेका छन् । प्रस्तुत छ ज्ञवालीसँग पत्रकारले गरेको कुराकानीको सम्पादित अंश :

नेकपा (एमाले)को हिजोको स्थायी समिति बैठकमा केपी शर्मा ओलीको चर्को आलोचना भएको हो ?

विज्ञापन

चर्को आलोचना होइन् । हामीले विधान महाधिवेशको समिक्षा गरेका हौं । बढो प्रष्ट रुपमा त्यसका सकारात्मक पक्ष र उपलब्धिहरु साथै केही कमजोरीको बारेमा सबै साथीहरुले आ–आफ्नो ढंगले कुरा राख्नुभएको छ । त्यहाँ केपी ओलीको चर्काे आलोचना होइन्, विधान महाधिवेशनको समिक्षा भएको हो ।

विज्ञापन

तर, तपाईहरुलाई डर र भय छ, नेकपा (एमाले) भित्र असुरक्षित हुनुहुन्छ नि होइन् ?

होइन्, हामीले असुरक्षीत महसुस गरेका छैनौं । हाम्रो पार्टीभित्र हामीले आफ्ना कुराहरुलाई प्रष्ट ढंगले राखेको छौं । र, सहमतिका आधारमा विषयवस्तुहरु तय भएका छन् । निर्णयहरु भएका छन । यसोभएको कारणले भय र डर भएको भए त हामी नेकपा (एमाले) मा सामेल हुने अवस्था नै आउने थिएन नि ।

तपाईंहरुले १० बुँदे कार्यान्वयन नभए नेकपा (एमाले) लाई ठुलो क्षति हुन्छ भनेर चेतावनी दिनुभएको हो नि होइन् ?

१० बुँदेको सन्दर्भमा एजेन्डा बनेको छ । आज हामीले त्यसबारेमा छलफल गर्छौ । हिजो हामीले विधान महाधिवेशनको समिक्षामा ध्यान केन्द्रित गर्याैं । त्यसैगरी १०औं राष्ट्रिय महाधिवेशन कुन ठाउँमा गर्ने भन्ने कुरा छलफल भयो । र, चितवनमा गर्नुपर्छ भन्ने अन्तिम निश्कर्षमा पुगियो । साथै, कमरेड रामबहादुर थापा ‘बादल’ को संयोजकत्वमा २१ सदस्यीय मुल व्यवस्थापन समिति गठन भएको छ ।

बादलको नेतृत्वमा बनेको २१ सदस्यीय मुल व्यवस्थापन समितिमा तपाईंहरु सबैको सहमति छ त ?

हामीले छलफल गरेरै निर्णय गरेका हौं । सर्वसम्मतिमै निर्णय भएको हो । १३ जनाको निर्णय भइसकेको छ, बाँकी बिभिन्न प्रदेशहरुबाट पनि कमसेकम एक÷एक जना सामेल गर्नुपर्छ । सम्पर्क मञ्चबाट पनि एक÷एक जना राख्नुपर्छ भन्ने कुरा भएको छ । त्यसैले २१ सदस्यीय मुल व्यवस्थापन समिति सर्वसम्मतिबाट निर्णय भएको छ । जुन काम भएका छन्, ती सबै छलफल र बहसपछि सहमतिमा भएका हुन् ।

तर, केपी शर्मा ओलीले १० बुँदेको औचित्य छैन्, अब यसलाई गीत गाईरहन पर्दैन भनेर सार्वजनिक अभिव्यक्ति दिनुभएको छ त ?

हैन्, यसबारेमा कमरेड केपी शर्मा ओलीकै हस्ताक्षरमा अन्तरपार्टी निर्देशन जारी भएको छ । त्यतिबेला स्थायी कमिटी र केन्द्रिय कमिटीमा ब्यापक छलफल भएर त्यो जारी भएको हो । अब उहाँले कहाँ कुन सन्दर्भमा के बोल्नुभयो भन्ने कुरा छुटै विषय हो । आज २ बजे हाम्रो स्थायी कमिटि बैठक छ । अन्तरपार्टी निर्देशन १२ को बारेमा कसरी कार्यान्वयन गर्ने भन्ने बारेमा अथवा कति ठाँउमा भयो वा भएन ? के समस्या छन् आज छलफल हुन्छ । कार्यदलको पनि हिजो बैठक बसेको छ । त्यो कार्यदलले पनि आज आफ्नो निश्कर्ष सुनाउँछ । त्यसपछि हामी आज अन्तिम निश्कर्षमा पुग्छौं । धेरैजसो ठाउँमा १० बँुदे कार्यान्वयन भइसकेको छ । केही ठाउँमा समस्या रहेका छन् । त्यसलाई कसरी हल गर्ने हामीले आजको बैठकमा छलफल गर्छाैं ।

१० बुँदे कार्यान्वयन गर्नको लागि तपाईंहरुले दबाब दिइरहनुभएको छ, तर पार्टी अध्यक्षले तपाईंहरुलाई टेर्नुभएको छैन् होइन् ?

होईन, उहाँले नटेर्ने भन्ने कुरा छैन् । किनभने उहाँले नै हस्ताक्षर गरेर अन्तरपार्टी निर्देशन जारी भएको हो । त्यसमा १० बुँदे कसरी कार्यान्वयन गर्ने भन्ने सन्दर्भमा प्रष्ट रुपमा उल्लेख गरिएको छ । त्यसोभएर अधिकांश ठाउँमा यो कार्यान्वयन भैसकेको छ । त्यसैले यो कार्यान्वयन हुन्छ ।

सुदुरपश्चिम, १ नम्बर र २ नम्बर प्रदेशमा पनि कार्यान्वयन भएको छैन् नि ?

केही ठाँउमा समस्या रहेका छन्, सुदुरपश्चिम र अरु केही जिल्लामा पनि समस्या रहेको छ । जनवर्गीय संगठनमा पनि केही समस्या छन् । तर, अरु सबै ठाँउमा लागु भइसकेको छ ।

केपी शर्मा ओलीले भन्नुभएको ठिक भयो होइन्, माधवकुमार नेपाल आउनुहुन्छ भनेर १० बुंदे ल्याइएको हो तर, माधवकुमार नेपालनै नरहेपछि त यसको के औचित्य रह्यो ?

होइन्, माधवकुमार नेपाल नरहेपछि पनि हामीले फेरी छलफल गरेका हौं । यसको औचित्य सकिएको छैन् । आज हाम्रो छलफल छ, यसबारे हामीले छलफल गर्दैछौं । आजको बैठकमा यो एजेन्डा छ । कार्यदलले रिपोर्ट प्रस्तुत गर्छ । समस्या के छन् त्यसबारे हामीले छलफल गर्नेछौं ।

आगामी महाधिवेशनमा केपी शर्मा ओली अध्यक्ष बन्ने निश्चित् भयो, यसबारे तपाईंहरुको धारणा के छ ?

महाधिवेशन त आउँदैछ । हामी तयारी गर्दैछौं । राष्ट्रिय महाधिवेशनको तयारी गर्दैछौं । एजेन्डा बनेको छ । कसरी र कुन मापदण्डको आधारमा गर्ने यो सबै कुरा हामीले निर्णय गर्नेछौं ।

निर्णय त गर्नुहोला तर, पार्टीमा केपी शर्मा ओलीको विपक्षमा उभिन सक्ने शक्ति तपाईंहरुसँग छ ?

होईन, पार्टीभित्र ब्यापक रूपमा छलफल भइरहेको छ । समस्या के हुन् ? के कमिकमजोरीहरु रहे ? उपलब्धी के भयो त्यो सबै कुरा बैठकमा हुन्छ ।

अहिलेको अवस्थामा नेकपा (एमाले) फुट्ने सम्भावना कति छ ?

फुट्ने सम्भावना त कत्तिपनि छैन् । फुट्ने भए जुट्ने कुरा नै हुँदैन थियो नि । यसबारेमा हामीलाई हेक्का छ कि समस्याहरु के हुनसक्छन् भन्ने कुरामा हामी प्रष्ट छौं । साथै, ती समस्यालाई हल गर्न सकिनेछ भन्ने कुरामा पनि हामी प्रष्ट छौं ।

उसोभए, केपी शर्मा ओलीलाई फेरि पनि अध्यक्षको रुपमा तपाईंहरुले स्विकार गर्ने ?

अब त्यो त के हुन्छ महाधिवेशनले निर्णय गर्छ । उहाँले म उम्मेद्धार हुन्छु पनि भन्नुभएको छैन् । अहिले को अध्यक्ष बन्ने ? को उमेद्धार बन्ने भन्ने विषयमा कुनै छलफल पनि भएको छैन् । व्यक्तिगत र संस्थागत् रुपमा पनि छलफल भएको छैन् ।

नेकपा (एमाले) सबै प्रदेशमा कमजोर भएको छ, तपाईंहरुलाई सबै ठाउँमा अफ्ठयारो भयो होइन् ?

होइन्, अफ्ठयारो त पार्टीलाईं नै छ । कोही व्यक्तिलाई अफ्ठयारो पर्ने अनि कोहीलाई नपर्ने भन्ने कुरा होइन् । सबै दलहरु मिलेर नेकपा (एमाले) लाई कमजोर पार्ने अभियान चलाएका छन् । नेकपा (एमाले) लाई कमजोर पार्नको लागि देशी/विदेशी शक्तिहरु लागिरहेका छन् । पार्टीमा यस्ता समस्याहरु छन् । यस्ता समस्याहरुलाई समाधान गर्नको लागि स्वयं पार्टी अध्यक्ष केपी शर्मा ओली नै लाग्नुभएको छ । हामी पनि लागिरहेका छौं । त्यसो भएको हुँदा जुन समस्याहरु छन् त्यसलाई हामी सबै मिलेर एकतावद्ध भएर हल गर्छाैं ।

तर, तपाईंहरु एक हुँदा ६ वटै प्रदेशमा तपाईहरुको सरकार थियो तर, अहिले त सबै प्रदेशमा सरकार गुमाउनुपर्ने अवस्था आयो ?

त्यसो त पार्टी विभाजन भएपछि धेरै समस्याहरु उत्पन्न भयो नि । सरकारहरु गए, अझै जाँदैछन् । तर, त्यो समस्यालाई पनि हल गरेरै जान सकिन्छ ।

हिजो प्रधानमन्त्री शेरबहादुर देउवा बाढि प्रभावित क्षेत्रमा जानुभयो, सरकारले राहतको करा पनि ल्याएको छ । सरकारको यो कदममा तपाईंहरुको के प्रतिक्रिया छ ?

अब, प्रधानमन्त्रीज्यु बिभिन्न ठाउँमा निरीक्षण गर्न जानुभएको छ । त्यो राम्रो कुरा हो । सरकारमा रहेकाहरुले यसलाई गम्भीर रुपमा लिनुपर्छ । किनकी सबै कार्यकारी अधिकार सरकारमै हुन्छ । हामी प्रतिपक्षी हौं । हामीले आवाज उठाउने हो । हामीले हिजोको बैठकबाट बाडि पीडित जनताका समस्या कसरी हल गर्ने भन्नेबारेमा प्रस्ताव पारित गरेका छौं । जुन बालीनालीको निकै ठुलो समस्या देखापरेको छ, गम्भिर समस्या देखापरेको छ, देशमा खाद्यान्नको ठुलो समस्या हुनेछ । देशमा यसबारेमा चाहीँ सरकारले ध्यान दिनपर्छ । धेरैजनाको निधन भएको छ, घाइतेहरुको उपचार र बसोबासको व्यवस्था गर्नुपर्छ । क्षतिपूर्ति सरकारले दिनपर्यो । यस विषयमा हामीले आवाज उठाइरहेका छौं । र, आगामी दिनमा पनि उठाइरहने छौं ।

बझाङ र डोटीका बाढी प्रभावित जनतालाई प्रधानमन्त्रीले भेट्न चाहानुभएन ?

त्यो त उहाँको कुरा हो । जनताका दुःख प्रत्यक्ष रुपमा देखेपछि समस्या कसरी हल गर्ने भन्ने कुरा अझ बढी थाहा हुन्छ । प्रधानमन्त्री र मन्त्रीहरुले जनताको दुःख हेरेर त्यसबारे छिट्टै आवश्यक कदम चाल्नुपर्छ । किनभने उहाँहरु सरकारको कार्यकारी जिम्मेवारी लिएर बस्नुभएको छ । हामीले सरकारले गरेका गल्तीहरु औल्याउने हो । र, सकेसम्म हामीले पनि बाडि प्रभावित क्षेत्रमा प्रतिपक्षीको हैसियतले के गर्न सक्छौं त्यो पनि हामीले गर्नुपर्छ । त्यो हाम्रो कर्तब्य पनि हो ।

प्रधानमन्त्रीले जनतालाई राहतको आश्वासन पनि दिनुभएको छ ?

दिनुभएको छ भने त्यो छिटोभन्दा छिटो कार्यान्वयन हुनपर्याे । जनतासम्म त्यो राहत पुग्नपर्याे । हाम्रो देशमा फेरी राहत घोषणा गर्ने तर कार्यान्वयन नगर्ने गम्भीर रोग छ । त्यसकारण सरकारले छिट्टै मन्त्रीपरिषद बैठक बसेर सबै समस्याहरु हल गर्नेतिर ठोस पहल गर्नुपर्छ ।

सिके राउतका कार्यकर्ताले हिजो जनकपुरमा कार्यालय प्रमुखलाई सडकमा ल्याएर नाङ्गै बनाएर घुमाए, तपाईंले थाहा पाउनुभयो ?

यो एकदम गम्भिर कुरा हो । यसरी ज्यादती कुनै पनि पार्टीले गर्नुहुँदैन् । सरकारले गरेका कमिकमजोरीको आलोचना गर्ने हो । जनतालाई जागरुक बनाउने हो । आवस्यक परे आन्दोलन गर्नुपर्छ तर, त्यस्तो काम कसैले पनि गर्नुहुँदैन् । यस्ता विषयमा सबै पक्षले संयम भएर धैर्यतापुर्वक काम गर्नुपर्छ ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस