शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • बाढी पहिरोको मारमा परेका किसानका लागि ‘कृषि सहायता कोष’ बनाउन माओवादी केन्द्रको माग
समाचार

बाढी पहिरोको मारमा परेका किसानका लागि ‘कृषि सहायता कोष’ बनाउन माओवादी केन्द्रको माग

सत्ता साझेदार नेकपा माओवादी केन्द्रले बाढी पहिरोको मारमा परेका किसानका लागि ‘कृषि सहायता कोष’ गर्न सरकारसँग माग गरेको छ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार प्रेस विज्ञिप्त जारी गरेर सरकारसँग किसानलाई राहत र क्षतिपूर्ति दिलाउनका लागि ‘कृषि सहायता कोष’ गर्न माग गरेका हुन्।

विज्ञापन

‘बाढीपहिरोमा फँसेकाहरुको उद्धार र राहत, घाइतेहरुको निःशुल्क स्वास्थ्योपचार, बिचल्लीमा परेका नागरिकहरुको खानपान र बसोबासको व्यवस्था मिलाउन म सरकारसँग विशेष अनुरोध गर्दछु,’ विज्ञप्तिमा भनिएको छ, ‘बाढी र पहिरोबाट सबैभन्दा बढी मारमा परेका किसानहरुलाई कृषि सहायता कोष खडा गरी राहत र क्षतिपुर्ति दिलाउन पनि म सरकारसँग जोडदार माग गर्दछु।’

विज्ञापन

प्रचण्डले बाढीपहिरोमा परी वेपत्ता भएकाहरुको यथाशीघ्र खोजीका लागि स्थानीय, प्रदेश र संघका सुरक्षालगायत सबै सरकारी निकायहरु, स्थानीय स्वयम्सेवी, विभिन्न संघसंस्था, व्यक्ति, युवा र पार्टीका नेता–कार्यकर्तालाई आग्रह पनि गरेका छन्।

पछिल्लो तीन दिनदेखि देशभर परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी प्रदेश नं। १, सुदूरपश्चिम प्रदेशलगायत देशका विभिन्न भागहरुमा ३० जनाभन्दा बढी नागरिकको ज्यान गएको विज्ञप्तिमा उल्लेख छ।

‘त्यसैगरी यस प्राकृतिक विपद्मा परी झण्डै तीन दर्जन भन्दा बढी नागरिक सम्पर्कविहीन भएका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘धानवाली थन्काउने बेलामा आएको अबिरल वर्षाका कारण किसानका धान लगायतका बालीनालीको ठूलो क्षति भएको छ।’

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस