शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • शारदानगर खानेपानी ट्याङ्की शिलान्यास, मेयर रेनु भन्छिन् : हाम्रै कार्यकालमा हरेक नागरिकको घरमा शुद्ध पिउने पानी
समाचार

शारदानगर खानेपानी ट्याङ्की शिलान्यास, मेयर रेनु भन्छिन् : हाम्रै कार्यकालमा हरेक नागरिकको घरमा शुद्ध पिउने पानी

चितवन । भरतपुर महानगरपालिकामा शारदानगर खानेपानी आयोजना अन्तर्गत ओभरहेड ट्याङ्की शिलान्यास गरिएको छ । महानगरपालिकाको १७ ,१९ र २० वडालाई समेट्ने गरी ५० करोड लगानिमा सम्पन्न हुने आयोजनाको बुधबार भरतपुर महानगरपालिका १९ स्थित मिलडाँडामा महानगर प्रमुख रेनु दाहालले शिलन्यास गरेकी हुन् ।

सो अवसरमा बोल्दै प्रमुख दाहालले शारदानगर खानेपानी आयोजना भरतपुरको गौरवको आयोजना भएको बताउँदै यसलाई समयमै सम्पन्न गरेर नगरवासीलाई गुणस्तरीय र शुद्ध पिउने पानी प्रदान गर्न उपभोक्ता समितिलाई आग्रह गरिन् ।

विज्ञापन

 

विज्ञापन

उनले भरतपुर महानगरपालिकाले २९ वटै वडामा महानगरकै लगानीमा साना ठूला आयोजनाहरू निर्माण गरिएको जनाकारी दिदै बॉकी निर्माणाधिन आयोजनाहरु छिट्टै सम्पन्न हुने बताईन् ।
प्रमुख दाहालले महानगरपालिका भित्र खानेपानिका पूर्वाधार र सरसफाईको क्षेत्रमा करिब ३ अर्ब बराबरको लगानी भइरहेको बताउदै यी आयोजनाहरू सम्पन्न भैसक्दा भरतपुर महानगरपालिकाको सबै क्षेत्रमा शुद्ध पिउने पानीको पहुँच पुग्ने दावी समेत गरिन् ।

प्रमुख दाहालले संविधानले शुद्ध पिउने पानीलाई नागरिकको आधारभूत अधिकारका रूपमा लिएकाले महानगरले पनि हाल भरतपुर खानेपानी व्यवस्थापन बोर्ड, उपभोक्ता समितीमार्फत आयोजनाबाट ८१ प्रतिशत नागरिकलाई शुद्ध पिउने पानीको पहुँच पुर्याइएको र निर्माणाधिन आयोजनाहरू सम्पन्न हुँदा भरतपुरमा पिउनेपानीको शत प्रतिशत पहुँच स्थापित गर्ने बताईन् ।

सो अवसरमा दाहालले भरतपुर महानगरपालिकाले कृषी क्षेत्रमा उत्पादकत्व वृद्धि गरि दुधमा प्रतिलिटर तीन रुपैयाँ नगद अनुदान देखी यान्त्रीकरण र आधुनिकीकरणमा महत्वपूर्ण भूमिका खेलिरहेको बताईन् । उनले पूर्वाधारको क्षेत्रमा भरतपुर महानगरपालिकाले छलाङ मारेको भन्दै आफुँहरु शिक्षा स्वास्थ्य सुशासन साथै महानगरको समग्र विकासमा केन्द्रित भएको उल्लेख गरिन् ।

यस्तै सो अवसरमा भरतपुर महानगरपालिका वडा नम्वर १९ का वडाध्यक्ष कर्ण बहादुर गुरूङले शारदानगर खानेपानी आयोजनाले यस क्षेत्रका उपभोक्ताहरूलाई शुद्ध र गुणस्तरिय पिउने पानीको सहज पँहुँच स्थापित हुने बताउदै यस आयोजनाबाट बढि भन्दा बढी लाभ लिन उपभोक्ताहरूलाई आग्रह गरे ।
अध्यक्ष गुरुङले एडीभी , भरतपुर महानगरपालिका र स्थानिय उपभोक्ता समितिको सहलगानीमा निर्माण प्रकृया अगाडि बढिरहेको बताउदै गुणस्तरिय निर्माण कार्यमा नियमित अनुगमन र सहजिकरण गर्न उपभोक्ताहरूलाई आग्रह गरे ।

गुरुङले भरतपुरको समग्र विकासमा महानगरको मुल नेतृत्व केन्द्रित भएको भन्दै शारदानगर खानेपानी आयोजना ,शारदानगर अस्पताल रानिपोखरी पहुँच मार्ग सहितको रमणिय पार्क निर्माण लगायतका उल्लेख्य कामहरू वडा न १९ मा संचालनमा भइरहेको जानकारी दिए ।

कार्यक्रममा मिलडॉडा टोल विकास संस्थाका अध्यक्ष तेज बहादुर गुरुङले यस आयोजनाले शुद्ध पिउने पानीको समस्या समाधान हुने बताउदै यस क्षेत्रमा आयोजना सञ्चालन गरिदिएकोमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई धन्यवाद व्यक्त गरेका थिए ।

भरतपुर महानगरमा यस आयोजना संचालनमा आएसंगै १९ हजार घरधुरी लाभान्वित हुने छन् । ३ बोरिङ, ३ ओभरहेड टंकी र २७४ किलोमिटर पाईपलाईन बिस्तार हुनेछ । २ बर्षमा सम्पन्न गर्ने गरी शर्मा एण्ड कम्पनीले ठेक्का सम्झौता गरी निर्माण कार्य शुरू गरेको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस