शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • पुण्य गौतम नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीमा चयन
समाचार

पुण्य गौतम नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीमा चयन

काठमाडौं ।  फेसबुक, युट्युब, टिकटक लगायतका सामाजिक सञ्जालमा सर्वाधिक लोकप्रिय पुण्य गौतम नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीमा चयन भएका छन् ।

पूर्व वाम विश्लेषक समेत रहेका गौतमले औपचारिक राजनीतिमा फड्को मारेका हुन् ।

विज्ञापन

 

विज्ञापन

गौतमले सामाजिक सञ्जाल फेसबुक मार्फत आफू नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्यमा मनोनयन हुनुभएको जानकारी गराएका हुन् । गौतमले आफूलाई केन्द्रीय कमिटिमा मनोनयन गरेकोमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई धन्यवाद दिएका छन् ।

आफ्नो फेसबुक स्टाटसमा गौतमले लेखेका छन्, “मलाई नेकपा एकीकृत समाजवादीको केन्द्रिय स।कमिटी सदस्यको जिम्मेवारी दिनुभएकोमा श्रद्धेय अध्यक्ष एवं सम्माननिय पुर्व प्रधानमन्त्री क।माधव नेपाल र हाम्रो पार्टीप्रति हार्दिक आभारी छु ।”

तत्कालिन समयमा उनी नेकपा एमाले निकट थिए । कानून व्यवसायी समेत रहेका गौतम प्रखर राजनीतिक विश्लेषकका रुपमा चिनिन्छन् ।

 

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस