शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • चुनावसम्म गठबन्धनलाई निरन्तरता दिने प्रचण्डको प्रस्ताव
समाचार

चुनावसम्म गठबन्धनलाई निरन्तरता दिने प्रचण्डको प्रस्ताव

काठमाडौं ।  नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कुनैपनि हालतमा सत्ता गठबन्धनलाई आगामी निर्वाचनसम्म नै निरन्तरता दिन प्रस्ताव राखेका थिए ।

सोमबारको बैठकमा सत्ता गठनबन्धनको सम्बन्ध, राष्ट्रिय सम्मेलनलगायत समसामयिक विषयमा छलफल भएको स्थायी कमिटी सदस्य गिरीराजमणि पोखरेलले जानकारी दिए । उनले भने, ‘बैठक भोलि बिहान पुनः बस्नेछ । मुख्यतः पार्टीको राष्ट्रिय सम्मेलनको विषयमा छलफल भयो । ’

विज्ञापन

कार्तिक १३ गते वडा र मङ्सिर ४ गते पालिकाहरुको सम्मेलन गर्ने माओवादी केन्द्रले जनाएको छ। माओवादी केन्द्रले पुस ११ गतेदेखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्दैछ ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस