शुक्रबार, साउन ११, २०८१
  • होमपेज
  • विजनेश
  • बन्यो नेपाली ‘कोदोको ब्राण्ड रक्सी’ कति पर्छ मूल्य ?
विजनेश

बन्यो नेपाली ‘कोदोको ब्राण्ड रक्सी’ कति पर्छ मूल्य ?

लण्डन । बेलायतमा नेपाली कोदोबाट उत्पादित रक्सी बजारमा बिक्री बितरण सुरु गरिने भएको छ । नेपालमा परम्परागत रूपमा पिउँदै आएको कोदोको रक्सी ब्रान्ड बनाउन शुरू गरिएको छ ।

बेलायतमा कोदो लिमिडेट कम्पनीको स्थापना गरी नेपालीहरुले कोदोको रक्सीको ब्राण्डिङ शुरू गरेका हुन् । उक्त रक्सीको यही अक्टोबर १० गते अल्डरशटमा एक औपचारिक रुपमा उदघाटन गर्न लागिएको

विज्ञापन

कम्पनीका निर्देशक जनक राईले बताएको लण्डन नेपाल न्यूजले जनाएको छ । उत्पादक कम्पनीका अनुसार ‘प्योर कोदोको रक्सी’ र ‘तीनपाने कोदोको रक्सी’ गरी दुई प्रकारको रक्सी उत्पादन गरी विक्री शुरु गर्न लागिएको छ ।

विज्ञापन

लोकप्रिय कोदोको रक्सीलाई कम्पनीले ‘प्योर कोदोको रक्सी’ र ‘तीनपाने कोदोको रक्सी’ गरी दुई प्रकारको रक्सी उत्पादन गरेको छ ।

तीनपाने कोदोको रक्सीको २० सी एल बोटलमा २०० एमएल रक्सी राखिएको छ भने ६० प्रतिशत अल्कोहल रहेको छ,यस्तै ‘प्योर कोदोको रक्सी’मा ७० सी एल बोटलमा ४० प्रतिशत अल्कोहल रहेको बताइएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस