आइतवार, कार्तिक २२, २०८३
  • होमपेज
  • समाचार
  • एमाले युवा संघका उपाध्यक्ष बने नेकपा एसका जिल्ला इन्चार्ज
समाचार

एमाले युवा संघका उपाध्यक्ष बने नेकपा एसका जिल्ला इन्चार्ज

सिमकोट । नेपाल कम्युनिष्ट पार्र्टी एकीकृत समाजवादी हुम्लाको जिल्ला इन्चार्जमा हस्तबहादुर शाही चयन भएका छन्। एकीकृत समाजवादीले शाहीलाई पार्टी केन्द्रीय सदस्यसँगै हुम्ला जिल्लाको इन्चार्ज चयन गरेको हो।

एकीकृत सुमाजवादी हुम्लाका जिल्ला सचिव कमल छत्यालले सहइन्चार्जमा पार्टीका जिल्ला अध्यक्ष शिवराज शर्मालाई चयन गरिएको जानकारी दिए।

विज्ञापन

दुई महत्वपूर्ण पदपूर्ति भएसँगै एकीकृत समाजवादीले जिल्लामा पूर्णता पाएको छ। सहइन्चार्ज शर्मा पनि एकीकृत समाजवादीका केन्द्रीय सदस्य हुन्। जिल्ला इन्चार्ज शाही यसअघि नेकपा एमाले निकट युवा संघ नेपालका केन्द्रीय सचिव र उपाध्यक्ष थिए।

विज्ञापन

त्यस्तै एमाले हुम्लाको सचिवालय सदस्यसमेत रहेका उनी माओवादी केन्द्र र एमाले मिल्दा सो पार्टीका प्रदेश कमिटी सदस्य थिए। जिल्ला इन्चार्ज चयन भएसँगै उनले जिम्मेवारी थपिएकोसँगै पार्टी संगठन निर्माणको अभियानमा लाग्ने बताए।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न
समाचार
ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न

चितवन, कात्तिक २३ – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व तथा सामुदायिक सेवा कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा ग्रेस इन्टरनेशनल चितवन क्षेत्रअन्तर्गतका नारायणगढ, पर्सा र कावासोती शाखामार्फत रक्तदान, खाद्यान्न तथा घरायसी सामग्री सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, स्वास्थ्य तथा शिक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य शिविर […]

  • १३ घन्टा अगाडि

भर्खरै

सिफारिस