शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • चितवनमा थप्पड हान्दा भुईंमा लडेर एक जनाको मृ’त्यु
समाचार

चितवनमा थप्पड हान्दा भुईंमा लडेर एक जनाको मृ’त्यु

चितवन।

चितवनमा सामान्य विवादमा थप्पड हान्दा भुइँमा लडेर एक जनाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ४ रामघाटका भीमबहादुर बिक रहेका छन् ।

विज्ञापन

रामघाटस्थित दुर्गाचोकमा मदिरा सेवन गरेका बिकलाई सोही ठाउँका दीलिप श्रेष्ठले सामान्य विवादमा थप्पड हान्दा उनी भुइँमा लडेको र उपचारका क्रममा उनको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले जानकारी दिए । उनकाअनुसार भुइँमा लड्दा उनको टाउकोमा चोट लागेको थियो ।

विज्ञापन

 

 

 

पछि स्थानीयले उपचारका लागि चितवन मेडिकल कलेज लगेका थिए । तर, उनको उपचारको क्रममा मृ’त्यु भएको प्रहरीले जनाएको छ ।थप्पड हान्ने श्रेष्ठलाई प’क्राउ गरी ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको अधिकारीले बताए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस