शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • विद्यार्थी संगठन अब शैक्षिक मुद्दामा केन्द्रित हुनुपर्छ : पञ्चा सिंह
समाचार

विद्यार्थी संगठन अब शैक्षिक मुद्दामा केन्द्रित हुनुपर्छ : पञ्चा सिंह

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले विद्यार्थी संगठनहरु अब शैक्षिक मुद्दामा केन्द्रित हुनुपर्ने बताएकी छन् ।

बिहीबार पत्रकारसँग कुरा गर्दै उनले देशको मुख्य समस्यमा राजनीतिमा भएकाले विद्यार्थी संगठनहरु विगतमा त्यसैमा केन्द्रित हुनुपरेको बताइन् । अब भने रचनात्मक र सिर्जनात्मक ढंगले शैक्षिक मुद्दामा लाग्ने उनको भनाइ छ ।

विज्ञापन

 

विज्ञापन

‘विद्यार्थी आन्दोलन रचनात्मक र सिर्जनात्मक हुनुपर्ने । यो रचनात्मक र सिर्जनशील आन्दोलन पार्टीको एजेण्डा मात्रै बोक्ने आन्दोलन बनेको छ । यो कुरा हामीले गम्भीर अनुभूति गरेका छौं,’ उनले भने, ‘विद्यार्थी आन्दोलनको रचनात्मक र सिर्जनात्मक पक्षलाई अब हामी बोकेर लैजान्छौं ।’

सिंहले आफ्नो संगठनलाई वैचारिक र राजनीतिक रुपले बलियो बनाउनका लागि पाठ्यक्रम नै बनाएर प्रशिक्षण दिने तयारी गरिरहेको जानकारी दिइन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस