शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • माधव नेपाल समूह पार्टीभित्रको मयल थिए, विभाजनपछि पार्टी झनै स्वस्थ, सुन्दर र मजबुत भएको छ : विष्णु पौडेल
समाचार

माधव नेपाल समूह पार्टीभित्रको मयल थिए, विभाजनपछि पार्टी झनै स्वस्थ, सुन्दर र मजबुत भएको छ : विष्णु पौडेल

काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलले माधव नेपाल समूहलाई पार्टीभित्रको मयलको संज्ञा दिएका छन् । विभाजनपछि मयल पखालिएर पार्टी झनै स्वस्थ, सुन्दर र मजबुत भएको उनले दावी गरे ।

नेकपा एमाले पाल्पा-काठमाडौँ सम्पर्क मञ्चले दसैँ-तिहारको अवसर पारी विहीबार राजधानीमा आयोजना गरेको शुभकामना कार्यक्रममा बोल्दै नेता पौडेलले पार्टीबाट बाहिरिने माधव नेपाल समूहको निर्णयले आफूहरुलाई घाटा नहुने बताए ।

विज्ञापन

उनले भने, ‘आमजनताको चाहना पार्टी एकढिक्का होस् भन्ने नै थियो । तर, पार्टीभित्रैको एउटा समूह पार्टीलाई क्षतविच्छेद गराउन चाहन्थ्यो । त्यही समूह अहिले बाहिरिएको हो । यसले पार्टीलाई घाटा होइन झनै राम्रो र सुदृढ बनाएको छ ।’

विज्ञापन

पौडेलले थपे, ‘पार्टीभित्रको जो फोहोर र मयल थियो, अहिले बाहिरिएको भनेको त्यही मयल हो । मयल हट्दा त्यो ठाउँ झनै सफा र स्वस्थ पो हुन्छ ।’

नेता पौडेलले नेकपा एमाले अहिले पनि ठूलो पार्टी भएको र अब आउने निर्वाचनपछि झनै ठूलो हुने दावी गरे ।

उनले भने, ‘विकास गर्ने र जनताको आशा भएको पार्टी नेकपा एमाले नै हो । जनताले त्यो बुझ्नु भएकै छ । आगामी निर्वाचनबाट हामी ठूलो जनादेशसहित सरकारमा आउँनेछौँ ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस