शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • कांग्रेसको वडा सभापतिमा हार्ने वडाध्यक्ष एमालेमा प्रवेश, को हुन उनि ?
समाचार

कांग्रेसको वडा सभापतिमा हार्ने वडाध्यक्ष एमालेमा प्रवेश, को हुन उनि ?

काठमाडौ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जारी महाधिवेशनमा वडा सभापतिमा नै पराजित भएका मंगलसिंह धामी एमाले प्रवेश गरेका छन् ।दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर पाँचका वडाध्यक्षसमेत रहेका मंगलसिंह धामी नेकपा एमाले प्रवेश गरेका हुन् ।

काठमाडौंमा सकिएको एमालेको विधान महाधिवेशनमा उनी एमाले प्रवेश गरेका हुन् । यसअघि कांग्रेसको वडा अधिवेशनमा वडा सभापतिमा उम्मेदवारी दिएका उनी पराजित भएका थिए ।

विज्ञापन

नेकपा एमाले दार्चुलाका प्रचार विभाग प्रमुख खडक बडालले दिएको जानकारीअनुसार धामी काठमाडौंमा अधिवेशनमा पुगेर ओलीबाट टीका लगाएर एमाले प्रवेश गरेका हुन् । यसअघि वडा सभापतिमा पराजित भएपछि धामीले आफूलाई कांग्रेसले सम्मान नगरेको बताउँदै आएका थिए ।

विज्ञापन

‘कांग्रेसले कार्यकर्ताको उचित मूल्यांकन गर्न सकेन,’ उनले भनेका छन्, ‘एमालेले गरेको विकास र एमालेको विचार मलाई मन पर्न थाल्यो, म एमाले प्रवेश गरेँ ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस