शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • अपडेट : झाडीमा भेटियो बाघले खाएको चितवनका बोटेको शव
समाचार

अपडेट : झाडीमा भेटियो बाघले खाएको चितवनका बोटेको शव

चितवन ।  पूर्वी चितवनको खैरहनीमा बाघको आक्रमणबाट बाघको आक्रमणबाट मृ’त्यु भएका २५ वर्षीय दिनेश बोटेको शव फेला परेको छ ।

खैरनही नगरपालिका १२ सिम्रेनीमा बोटेको शव बाघले आक्रमण गरेको स्थान भन्दा एक सय मिटर पर झाडीमा भएटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।  मंगलबार बिहान स्थानीय कुमरोज सामुदायीक वनमा घाँस काट्न गएका बोटेलाई बाघको आक्रमण गरेको थियो ।

विज्ञापन

बिहान ११:५० बजे बाघले आक्रमणबाट मृ’त्‍यु भएका उनको शव दिउँसो २:३० बजे फेला परेको प्रहरीले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जको ८ वटा हात्तीसहित नेपाल प्रहरी, नेपाली सेनाको टोलीले खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।

विज्ञापन

उनी अन्य ५-६ जना साथीहरुसँगै घाँस काट्न गएका थिए । उनीसँगै गएका साथीहरु भने भाग्न सफल भएका थिए । करिब साँढे दुई वर्ष अघि सोही स्थानमा उनकी बहिनीको पनि बाघको आक्रमणबाट मृ’त्यु भएको थियो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस