शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • केपी ओलीसँग हामी एक व्यपारीकोमा भेटथ्यौं : रञ्जित रे
समाचार

केपी ओलीसँग हामी एक व्यपारीकोमा भेटथ्यौं : रञ्जित रे

काठमाडौं । भारतीय पूर्वराजदूत रञ्जित रेले महाकाली सन्धिपछि भारतको सबैभन्दा निकटतम रहेका केपी शर्मा ओली पछिल्लो समय ‘राष्ट्रवादी ओहोदा’का भएको टिप्पणी गरेका छन् ।

उनले आफनो नवप्रकाशित पुस्तक ‘काठमाडौं डिलेमा रिसेटिङ इन्डिया नेपाल टाइज’मा उनले उक्त टिप्पणी गरेका हुन् ।

विज्ञापन

एमाले अध्यक्षसमेत रहेका ओलीलाई पछिल्लो समय भारतसँग एक्लै लड्न–भिड्न सक्ने राष्ट्रवादी छवि नै बनाएको उल्लेख गरेका छन् ।

विज्ञापन

उक्त राष्ट्रवादी अडानकै कारण उपचारका लागि पनि पछिल्ला वर्षमा दिल्ली नगएर बैंकक तथा सिंगापुर गइरहेको पूर्वराजदूत रेले चर्चा गरेका छन् ।

महाकाली सन्धि ९१९९६० भएताका भारतका सबैभन्दा ‘निकटतम मित्र’ ओली पछिल्ला समयमा ‘राष्ट्रवादी ओहोदा’ का कारण चिनिएछन्।

कतिसम्म भने उहाँ भारतसँग एक्लै लड्न–भिड्न सक्ने राष्ट्रवादी छवि छ । उनले पुस्तकमा भनेका छन्, उक्त छविक कारण उहाँ आफ्नो उपचारका लागि पनि पछिल्लो समय दिल्ली नगएर बैंकक र सिंगापुर जानुभयो।

रेले ओलीलाई नजिबाट चिनेको तथा बुझेको पनि उल्लेख गरेका छन् । ओलीसँगै पत्नी राधिका शाक्य र विद्यादेवी भण्डारीको पनि आथित्यता पटक पटक पाएका उनले बताएका छन् ।

‘मैले ओलीको आतिथ्य धेरैपटक पाएको छु, उहाँसहित उहाँको पत्नी राधिका शाक्य र विद्यादेवी भण्डारीबाट पनि आथित्यता पाएको छु।

एकपटक विद्या भण्डारीसहित नेता ओली र म बबरमहल रिभिजिटेडमा लन्चमा गएका थियौँ।’

उनले ओलीले जे जस्तै असहमति र असहज स्थितिमाझ पनि केपी ओलीसँग आफूले संवाद खुला गरेको विगतलाई पनि पुस्तकमा समेटका छन् ।

उनले एक पटकका घटनालाई उल्लेख गर्दै लेखेका छन्, ‘ओली निवासमा मलाई स्वागत गर्न नचाहेको बेला र ओली इन्डिया हाउसमा आउन नचाहँदा बबरमलतिर व्यपारीको घरमा भेट गर्ने गर्थ्यौँ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस