शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • पार्टी एकीकरण गर्न वार्ता गरिरहेको प्रचण्डको खुलासा
समाचार

पार्टी एकीकरण गर्न वार्ता गरिरहेको प्रचण्डको खुलासा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुक र कम्युनिस्ट आन्दोलन नै चुनौती र अवसरको दोसाँधमा रहेको बताएका छन् ।

नेपाल बुद्धिजीवी सङ्गठनको राष्ट्रिय भेलालाई सोमबार सम्बोधन गर्दै प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने र देशमा समाजवादको आधार तयार पार्न कम्युनिस्टहरूबीच एकता भएको उल्लेख गरे ।

विज्ञापन

दशकौँसम्म कम्युनिस्ट नेतृत्वको सरकार अगाडि बढाउने सपना देखेर भएको पार्टी एकता तथा कम्युनिस्ट आन्दोलन नै क्षतविक्षत बनाउने प्रयास भएपछि बाध्य भएर आफूले केपी ओलीको सरकार ढालेको प्रचण्डले बताए ।

विज्ञापन

अध्यक्ष प्रचण्डले देशको राजनीतिक परिवर्तन उल्ट्याउने षड्यन्त्र भइरहेको र त्यसमा आफू सचेत बनेको स्पष्ट पारे । उनले माओवादी पार्टी एकढिक्का भएर निर्वाचनमा जाँदा पहिलो दल बन्ने दाबी गरे ।

आफ्नै पार्टीबाट अरू पार्टीमा गएका ठूला नेता पार्टीमा पुन: फर्कने विषयमा छलफल भइरहेको बताउँदै प्रचण्डले एउटा दलसँग एकीकरणबारे वार्तासमेत भइरहेको जानकारी दिए । उनले कुन राजनीतिक दलसँग एकताका लागि वार्ता भइरहेको भन्नेबारे चाहिँ खुलाएनन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस