आइतवार, कार्तिक २२, २०८३
  • होमपेज
  • समाचार
  • कुम्भ मेलाको निष्कर्ष भनेको माओवादी र माओवादी नेतृत्वलाई सिध्याउने टार्गेट हो : प्रचण्ड
समाचार

कुम्भ मेलाको निष्कर्ष भनेको माओवादी र माओवादी नेतृत्वलाई सिध्याउने टार्गेट हो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेको हालै सम्पन्न विधान महाधिवेशनलाई कुम्भ मेलाको संज्ञा दिएका छन् । सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले उक्त भेलाको निष्कर्ष माओवादी र त्यसको नेतृत्वलाई सिध्याउने रहेको पनि टिप्पणी गरेका छन् ।

‘अस्ति एमालेको कुम्भ मेला देखिहाल्नुभयो । त्यो कुम्भ मेलाको निष्कर्ष भनेको माओवादी र माओवादी नेतृत्वलाई सिध्याउने टार्गेट छ’, प्रचण्डको भनाइ छ । उनले अहिले पनि बुर्जुवा कम्युनिस्टहरु बीचको लडाइँ जारी रहेको बताए । ‘कम्युनिस्ट आन्दोलनभित्र संशोधनवाद, विसर्जनवाद प्रतिगमनकारी प्रवृति र क्रान्तिकारी प्रवृतिको बीचमा पनि आउने दिनमा झन ठुलो संघर्ष हुनेवाला छ’, प्रचण्डले भने, ‘बुर्जुवा र प्रतिक्रान्तिकारीहरुले आफुसँग भएको सवै शक्ति केन्द्रीत गरेर प्रहार हामीमाथि केन्द्रीत गर्दैछन् ।’

विज्ञापन

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले अहिलेको लडाइँ माओवादी पार्टी बचाउनेमात्रै नभएको भन्दै सवादको रक्षामा अगाडि बढ्ने कि नबढ्ने भन्ने प्रश्न रहेको बताए ।

विज्ञापन

‘विज्ञानको पक्षमा उभिने कि अविज्ञानको ? क्रान्तिको पक्षमा उभिने कि प्रतिक्रान्तिको पक्षमा ?’ प्रचण्डको प्रश्न छ । उनले क्रान्ति र विज्ञानको पक्षमा उभिनेले देश, संविधान र लोकतन्त्र बचाउने र त्यसको विपक्षमा उभिनेले देश, लोकतन्त्र र संविधान दुर्घटनामा पार्ने दावी गरे ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न
समाचार
ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न

चितवन, कात्तिक २३ – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व तथा सामुदायिक सेवा कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा ग्रेस इन्टरनेशनल चितवन क्षेत्रअन्तर्गतका नारायणगढ, पर्सा र कावासोती शाखामार्फत रक्तदान, खाद्यान्न तथा घरायसी सामग्री सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, स्वास्थ्य तथा शिक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य शिविर […]

  • १३ घन्टा अगाडि

भर्खरै

सिफारिस