शुक्रबार, साउन ११, २०८१
  • होमपेज
  • समाचार
  • कृषि क्रान्ति बिना देशको अर्थतन्त्र आत्मनिर्भर बन्न सक्दैन : प्रचण्ड
समाचार

कृषि क्रान्ति बिना देशको अर्थतन्त्र आत्मनिर्भर बन्न सक्दैन : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवाद उन्मूख अर्थतन्त्र निर्माण गर्न कृषि उत्पादन र उत्पादकत्व बढाउन जरूरी रहेको बताएका छन् ।

‘समाजवाद उन्मूख अर्थतन्त्रको बनाउन कृषि उत्पादकत्व बढाउन सके उद्योग चल्न सक्छन् ।

विज्ञापन

नेपाललाई औद्यौगिकीकरण उन्मूख बनाउन देशलाई कृषिमा आधुनिकीकरण र व्यवसायिकीकरण तर्फ अघि बढ्नु पर्छ,’ अलिख नेपाल किसान महासंघको पूर्ण बैठकमा प्रचण्डले भने ।

विज्ञापन

विदेशबाट आयातित उद्योग र आयातित मेसिनबाट राष्ट्रलाई आत्मनिर्भर बनाउन नसकिने उल्लेख गर्दै प्रचण्डले भने, ‘ कृषि उत्पादन वृद्धि, कृषिमा व्यवसायीकरण विना सम्भव छैन ।

हामी धान, मकैमा आत्मनिर्भर छौं । आत्मनिर्भर नभएको ठाउँमा पनि आत्मनिर्भर बन्दै गएका छौं । अब कृषि क्रान्तिको आवश्यकता छ । कृषि क्रान्ति बिना देशको अर्थतन्त्र आत्मनिर्भर बन्न सक्दैनौं ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस