शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • पञ्चा सिंहलाई बधाई, म दृढतापूर्वक क्रान्तिको माेर्चामा खट्नेछु : तिलकराज भण्डारी
समाचार

पञ्चा सिंहलाई बधाई, म दृढतापूर्वक क्रान्तिको माेर्चामा खट्नेछु : तिलकराज भण्डारी

काठमाडौं। अखिल (क्रान्तिकारी) का नेता तिलकराज भण्डारीले आफू दृढतापूर्वक क्रान्तिको मोर्चामा खटिने बताएका छन्। आइतबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह हुने निर्णय सुनाए लगत्तै विद्यार्थी नेता भण्डारीले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत् पञ्चा सिंहलाई बधाई दिँदै यस्तो बताएका हुन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेका छन् :

विज्ञापन

१. अखिल (क्रान्तिकारी) को २२औं राष्ट्रिय सम्मेलनबाट संगठनको पहिलो महिला अध्यक्ष बन्न सफल सहयोद्धा मित्र पञ्चा सिंहलाइ हार्दिक बधाइ तथा सफल कार्यकालको शुभकामना !

विज्ञापन

२.प्रिय साथीहरु, माओवादी पार्टी र आन्दोलन अफ्ठेरोमा परेको यो विशिष्ट घडीमा पार्टी र अध्यक्ष कमरेड प्रचण्डले गरेको निर्णयलाइ सहजतापुर्वक स्वागत गरौं। हामी जस्ता एकदुइजना व्यक्तिको व्यक्तिगत न्याय, अन्यायको मामला होइन हजारौं वीर शहीदहरुको रगत पसिनाबाट सिर्जित यो आन्दोलन र संगठन सुदृढ गर्न प्रतिबद्ध बनौं।

३.सम्मेलनबाट संगठनका सबै साथीहरुको सोपानक्रम अनुसार जिम्मेवारी दिने र लिने वातावरण निर्माण गरौं।

४. एउटा सामान्य किसानको छोरो पढ्दापढ्दै जनयुद्धमा सहभागी भएर यहाँसम्म आउन सफल भएँ। त्यसकोलागि माओवादी आन्दोलन र नेतृत्व प्रति गर्व छ।

५. जनयुद्ध र जनआन्दोलन लगायतका सम्पूर्ण सहिद तथा वेपत्ता योद्धाहरुप्रति उच्च सम्मान छ।

६. २२ वर्षिय विद्यार्थी राजनीतिमा परोक्ष र अपरोक्ष नेतृत्व गर्नुहुने आदर्रणीय नेतृत्वहरु र यो यात्रामा सहयोग र शुभेच्छा व्यक्त गर्नुहुने सम्पूर्ण प्रिय शुभेच्छुक महानुभावहरुमा हृदयदेखि नै आभार व्यक्त गर्दछु।

७.कार्यकर्ताहरुका विचमा रमाउँदारमाउँदै नेतृत्वहरुको विश्वास जित्न नसकेकोमा क्षमा चाहान्छु।
अखिल (क्रान्तिकारी) -जिन्दावाद !
वीर सहिद ( लाल सलाम ! !

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस