शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • रंगशाला अलपत्र हुन दिन्नौं, सम्झौताअनुसार महानगर जिम्मा लिन तयार छ : रेणु दाहाल
समाचार

रंगशाला अलपत्र हुन दिन्नौं, सम्झौताअनुसार महानगर जिम्मा लिन तयार छ : रेणु दाहाल

काठमाडौं । धुर्मुस सुन्तली फाउण्डेसनको पहलमा चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम केही दिनदेखि रोकिएको छ । फाउण्डेसनलाई १६ करोड रूपैयाँ ऋण लागेपछि रंगशालाको काम अवरुद्ध भएको हो ।

फाउण्डेसनले चितवन महानगरपालिकासँगको समन्वयमा रंगशाला निर्माण सुरू गरेको थियो । रंगशालाका लागि जग्गा उपलब्ध गराएको महानगरले अन्य सहजीकरण पनि गर्दै आएको छ । अहिले रंगशाला निर्माण स्थगित भएपछि भने महानगरको औपचारिक प्रतिक्रिया बाहिर आएको छैन ।

विज्ञापन

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल भने रंगशाला निर्माण अलपत्र पर्न नदिने बताइन् । फाउण्डेसनले रंगशाला निर्माण सम्पन्न गर्न नसके सम्झौतअनुसार महानगर जिम्मा लिन तयार रहेको उनको भनाइ छ ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस