सोमवार, फाल्गुन १७, २०८२
  • होमपेज
  • भरतपुर
  • पीडितको मुद्दा हेर्ने अधिवक्ता आफैँ नारायणीको पुलबाट हामफाले, लाइसेन्स भेटियो तर शव भेटिएन
भरतपुर

पीडितको मुद्दा हेर्ने अधिवक्ता आफैँ नारायणीको पुलबाट हामफाले, लाइसेन्स भेटियो तर शव भेटिएन

Renu Dahal

चितवन।

दुःख र अन्यायमा परेका मानिसहरुलाई न्याय दिन वकालत गर्ने काम प्राय अधिवक्ताहरुको हुन्छ । तर, सधै विभिन्न अदालतमा पीडितको पक्षबाट वकालत गर्ने अधिवक्ता नन्दराज आचार्य भने आफैँ चितवन र गैँडाकोटलाई जोड्ने नारायणी पुलबाट हामफालेका छन् ।

विज्ञापन

घटना आजभन्दा चारदिन अघि अर्थात् असोज ११ गतेको हो । इलाका प्रहरी कार्यालय गैँडाकोटले फेला पारेको सीसी क्यामराको फुटेजअनुसार ११ गते साँझ ६ बजेर एक मिनेट जाँदा नारायणी पुलको मध्य भागको बाँयातिरबाट उनी नारायणी नदीमा हामफालेका हुन् । भरतपुर घर र गैँडाकोटमा शशुराली भएका उनी मध्य भागमा पुगे र पुलमा झोला राखेर नदीमा हामफालेका थिए ।

विज्ञापन

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रवक्ता डीएसपी दिलिप गिरीका अनुसार चार दिन अघि नदीमा हामफालेका ४५ वर्षीय आचार्यको लाइसेन्स र खल्तीमा रहेका कागजपत्र भेटियो तर अहिलेसम्म शव भेट्न सकिएको छैन । खोजी कार्य भइरहेको छ ।

भरतपुरको गंगानगर पटिहानी घर भएका आचार्य सर्वाेच्च अदालतमा अधिवक्ताको रुपमा बहस गर्दे आएका थिए । घरपरिवार, आर्थिक आम्दानी सबै राम्रो अवस्था भएका आचार्य किन पुलबाट हामफाल्नुपर्ने अवस्था आयो भन्दै उनको आफन्त पर्नै चितवनका पुराना कम्युनिस्ट नेता मुक्ति अधिकारीले  आश्चर्य व्यक्त गरे ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस