शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • नवौँ महाधिवेशनमा हारेपछि माधव नेपालले एमाले फुटाए : ओली
समाचार

नवौँ महाधिवेशनमा हारेपछि माधव नेपालले एमाले फुटाए : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललाई पार्टी विभाजनका योजनाकारको संज्ञा दिएका छन्।

ललितपुरको गोदावरीस्थित सनराइज हलमा राजनीतिक प्रतिवेदन पेश गर्ने क्रममा ओलीले हाल नेकपा एकीकृत समाजवादी पार्टी खोलेका नेपालकै योजनामा एमाले फुटाइएको दाबी गरेका हुन्।

विज्ञापन

ओलीले नवौँ महाधिवेशनमा पराजित भएसँगै नेता नेपाल एमाले फुटाउने अभियानमा लागेको पनि आरोप लगाएका छन्।

विज्ञापन

‘विभाजनका मुख्य योजनाकार माधवकुमार नेपाल थिए। नवौं राष्ट्रिय महाधिवेशनदेखि नै पार्टीका नीति र नेतृत्वविरुद्ध अन्त्यहीन गुटबन्दी, किचलो र असहयोगमा
सङ्लग्न थिए’, ओलीले भनेका छन्, ‘२०७३ सालमा पनि एमाले नेतृत्वको सरकारलाई विस्थापित गर्ने भित्री योजनाकार थिए।’

‌ओलीले एमाले नेतृत्वको सरकारलाई जुनसुकै मूल्यमा अपदस्थ गर्न, प्रदेशहरुमा एमाले सरकारलाई विफल पार्न, पार्टीका उम्मेदवारहरुलाई पराजित गर्न र आन्दोलनलाई विपक्षीहरुको सेवामा समर्पित
गर्न नेपालले गतिविधि गरेको पनि आरोप लगाएका छन्।

‌ओलीले तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुमलटारालई गुटको हेडक्वार्टर बनाएर विभाजनको रेखा कोरेको पनि बताएका छन्।

‘२०७६ फागुनदेखि नै प्रधानमन्त्री हटाउने खेल सुरु भयो। कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नक्सा जारी गरेपछि प्रधानमन्त्री हटाउने अभियान तीव्र भयो’, उनले भनेका छन्, ‘प्रचण्ड लगायत नेताहरु नेतृत्व हस्तान्तरणमा तयार भएनन्।’

उनले २०७७ भदौको सहमति अनुसार पार्टीलाई एकता महाधिवेशनमा नलगेर फुटतर्फ अघि बढाएको बताएका छन्। ओलीले २०७७ कात्तिक २७ गते राजनीतिक र फौजदारी अभियोगसहित दर्ता गरिएको आरोप पत्रले नै नेकपालाई विभाजनसम्म लगेको उल्लेख गरेका छन्।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस