सोमवार, कार्तिक २३, २०८३
  • होमपेज
  • समाचार
  • ओली भन्छन्- दुई पाइलटले पार्टी नचल्ने रैछ, चुनावपछि एकल पाइलटवाला सुपरफास्ट जेट चलाइन्छ
समाचार

ओली भन्छन्- दुई पाइलटले पार्टी नचल्ने रैछ, चुनावपछि एकल पाइलटवाला सुपरफास्ट जेट चलाइन्छ

काठमाडौं ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्माले विमान दुई पाइलटले चलाउँदा राम्रो हुने भए पनि पार्टी भने नचल्ने टिप्पणी गरेका छन्।

विज्ञापन

मंगलबार सम्पादकहरुसँगको छलफलमा नेकपा विभाजनको सन्दर्भलाई लिएर ‘दुई पाइलटले चलाएको विमान दुर्घटनामा पर्‍यो नि’ भन्ने प्रश्नमा ओलीले विमान चले पनि पार्टी भने नचल्ने बताए ।

विज्ञापन

‘प्लेन चाहिँ दुईटै पाइलटले चालउँछन्,’ ओलीले भने, ‘त्यो राम्रै चलेको पनि देखिन्छ । तर, पार्टीमा चाहिँ नहुने रहेछ । अब चुनावपछि बहुमत ल्याएर एकल पाइलटवाला ‘सुपरफास्ट जेट’ चलाइन्छ ।’

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर भनेको नेकपामा दुई अध्यक्ष राखिएपछि ओलीले त्यसलाई दुई पाइलटले चलाएको जेटको संज्ञा दिएका थिए।

दुई पाइलटले कुशलतापूर्वक जेट चलाउँछौं भनेको भए पनि नेकपा भने तीन वर्षमै विभाजित भयो ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न
समाचार
ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न

चितवन, कात्तिक २३ – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व तथा सामुदायिक सेवा कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा ग्रेस इन्टरनेशनल चितवन क्षेत्रअन्तर्गतका नारायणगढ, पर्सा र कावासोती शाखामार्फत रक्तदान, खाद्यान्न तथा घरायसी सामग्री सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, स्वास्थ्य तथा शिक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य शिविर […]

  • २ दिन अगाडि

भर्खरै

सिफारिस