शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • मैले ल्याएको अध्यादेश ठीक थियो, अहिलेको गलत छ : ओली
समाचार

मैले ल्याएको अध्यादेश ठीक थियो, अहिलेको गलत छ : ओली

काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले ल्याएको राजनीतिक दलसम्बन्धी ठीक रहेको बताएका छन् ।

विज्ञापन

मंगलबार नयाँबानेश्वरमा सम्पादकहसँगको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा ल्याएको अध्यादेश ठीक रहेको बताउँदै अहिलेको सरकारले ल्याएको अध्यादेश बेठीक रहेको बताए ।

विज्ञापन

उनले भने, ‘मैले ल्याएको अध्यादेश ठीक थियो । अहिलेको गलत छ । म संसद्‌बाट राजनीतिक दलसम्बन्धी ऐनमा केन्द्रीय समिति र संसदीय दलमा ४०÷४० प्रतिशतको ‘र’ लाई ‘वा’ बनाउँछु । दल त्याग गर्ने संवैधानिक अधिकार पाउनुपर्छ । तर, अहिले २० प्रतिशत कुनै एकमा हुने गरी ल्याएको अध्यादेश एमालेलाई विभाजन गर्ने कुत्सित मनसायले थियो ।’

यसैगरी सरकार बनेको साढे दुई महिनासम्म सरकारले पूर्णता नपाएको बताउदै ताजा जनादेश (चुनाव)मा जानुको विकल्प नरहेको पनि उनले बताएका छन् ।

उनले भने, ‘संसद्‌ले काम गर्न सकेन, चुनावमा जानु पर्छ । साढे २ महिनामा पनि सरकारले पूर्णता पाउन नसक्ने अवस्था कसरी चल्छ ? यस्तो अवस्था चिर्नलाई चुनावमा जानुपर्छ ।’

आगामी हुने चुनावमा आफ्नो पार्टीले बहुमत ल्याएर एकल रुपमा सरकार चलाउने दाबी पनि ओलीले गरेका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस