शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • अध्यक्षमा दोहोरिने संकेत गर्दै ओलीले भने- अध्यक्षभन्दा अर्को पद नभएपछि के गर्ने त ?
समाचार

अध्यक्षमा दोहोरिने संकेत गर्दै ओलीले भने- अध्यक्षभन्दा अर्को पद नभएपछि के गर्ने त ?

काठमाडौं ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न महाधिवेशनमा पनि पार्टी अध्यक्षमा दोहोरिने संकेत गरेका छन् । मंगलबार सम्पादकहरुसँगको छलफलमा अध्यक्षमा दोहोरिने कि नदोहोरिने भन्ने प्रश्न उठेपछि ओलीले सांकेतिक रुपमा दोहोरिने बताए।

विज्ञापन

‘मैले एउटै कलास दोहोर्याएर पढ्दिनँ भनेको थिएँ, त्यो ठीक हो,’ ओलीले भने, ‘तर, कलास सकिएपछि के गर्ने त ?’ उनले थपे, ‘ अध्यक्षभन्दा अर्को कुनै पद नभएपछि के गर्ने त ?’

विज्ञापन

ओलीले एमालेको आउँदो महाधिवेशनबाट केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिलाको उपस्थिति हुने पनि दावी गरे । उनले भने, ‘दशौं महाधिवेशनबाट हाम्रो पार्टीको केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिलाको उपस्थिति हुनेछ, यो नोट गरेर राखेहुन्छ।’

ओलीले पार्टीभित्र विचारको विविधतालाई स्वीकार गरिएको पनि बताए । एमालेको दशौं महाधिवेशन मंसिरमा हुँदै छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस