शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • चितवनका वकिलको ठगी धन्दा, मुद्धा मिलाइदिन्छु भन्दै पैसा माग्दै गर्दा प’क्राउ
समाचार

चितवनका वकिलको ठगी धन्दा, मुद्धा मिलाइदिन्छु भन्दै पैसा माग्दै गर्दा प’क्राउ

चितवन।

चितवनमा मुद्धा मिलाइदिन्छु भन्दै पटक–पटक रकम माग्ने एक जना कानुन व्यवसायी (वकिल)लाई प्रहरीले प’क्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका ५ पदमपुर बस्ने ५० बर्षका कानुन व्यवसायी रामचन्द्र देवकोटा रहेका छन ।

विज्ञापन

उनले आफै नागरिकताको विषयमा जाहेरी दरखास्त लेखी जाहेरी प्रतिबादीका रुपमा उल्लेख भएका व्यक्तिसंग पटक–पटक फोन गरेर पैसा माग गरेको प्रहरीले जनाएको छ । उनले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दरखास्त परेको बताउँदै दरखास्त दर्ता नगराई मुद्धा मिलाइदिन्छु भन्दै पैसा माग गरेका थिए ।

विज्ञापन

प’क्राउ परेका व्यवसायीलाई ठगी उद्योग मुद्धामा चितवन आदलतबाट म्याद अनुमती लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनले भरतपुरमा कार्यालय संचालन गरी काम गरिरहेको प्रहरीको भनाई छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस