शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • ओली र रावल बिच सवालजवाफ , दश बुँदे कार्यान्वयन नभएसम्म ईन्चपनि ब्याक हुन्नौं : रावल
समाचार

ओली र रावल बिच सवालजवाफ , दश बुँदे कार्यान्वयन नभएसम्म ईन्चपनि ब्याक हुन्नौं : रावल

काठमाडौं।

 

विज्ञापन

नेकपा (एमाले) को स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष डा. भीमबहादुर रावलबीच सवालजवाफ भएको छ । आज बसेको स्थायी कमिटी बैठकमा रावलले यसअघि भएको दश बुँदे सहमति कार्यान्वयनको विषयमा सवालजवाफ भएको हो । बैठकको सुरुमै रावलले अध्यक्ष ओलीको नाम लिएर दश बुँदे सहमति कहिलेसम्म कार्यान्वयन गर्नुहुन्छ ? भन्दै प्रश्न गरेका थिए ।

विज्ञापन

 

रावलको भनाई उद्धृत गर्दै स्रोतले भन्यो–‘अध्यक्षज्यू, तपाईँ कतिञ्जेलसम्म दश बुँदे कार्यान्वयन गर्नुहुन्न ? दश बुँदे कार्यान्वयन नभएसम्म विवाद समाधान हुँदैन् । यो सहमति अक्षरंश पालना हुनुपर्छ । यसमा हामी एक ईन्चपनि ब्याक हुन्नौं ।’ हिजोको केन्द्रीय कमिटी बैठकमा रावल अनुपस्थित् भएका थिए ।

 

उनले आफू केही समय मौन बस्ने प्रतिक्रिया दिएका थिए । कतिपयले दश बुँदे कार्यान्वयन नभएकोले रावलले केन्द्रीय बैठक बहिष्कार गरेकोसमेत टिप्पणी गरेका थिए । सुदुरपश्चिम प्रदेशको हकमा आफूलाई ईन्चार्ज नदिईएको र अहिलेसम्म एउटा पनि बैठक राख्न नसकेको भन्दै रावल अध्यक्ष ओलीसँग रुष्ट छन् ।

 

अध्यक्ष ओलीले पनि रावलको मागको सुनुवाई गर्ने सवालमा त्यति ईच्छा देखाएका छैनन् । दश बुँदे सहमति हुँदापनि सुदुरपश्चिम प्रदेशको ईन्चार्जमा लेखराज भट्टले ईन्चार्जको रुपमा काम गरिरहेका छन् ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस