शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • कालो धनले देशमा रोजगारी बढ्छ, वैधानिक बनाएर प्रयोग गरे हुन्छ : बाबुराम भट्टराई
समाचार

कालो धनले देशमा रोजगारी बढ्छ, वैधानिक बनाएर प्रयोग गरे हुन्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले कालो धनको प्रयोग गरेर देश विकास र रोजगारी वृद्धि गर्न सकिने बताएका छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकपछि बाहिरिने क्रममा पत्रकारहरूसँग बोल्दै कालो धनलाई कालै बनाएर राख्नु भन्दा उत्पादनमुलक क्षेत्रमा प्रयोग गर्दा उचित हुने भट्टराईले बताएका हुन्।

विज्ञापन

कालोधन लाई वैधानिक हुन दिनुपर्छ। यहाँ त कालोधनलाई कालो नै राखेका छन्’, उनले भने, ‘अवैध धन कालै राखेर कालै काम गर्ने प्रवृत्ति छ। कालोधन वैधानिक हुनु राम्रो कुरा हो।’

विज्ञापन

भट्टराईले कालोधन लुकाउने कुरामा एमाले अध्यक्ष केपी शर्मा ओलीले महारथ प्राप्त गरेको पनि दाबी गरेका छन्।

ओलीले यति र ओम्नी समूह प्रयोग गरेर कालोधनलाई झन् कालो बनाएको आरोप उनले लगाएका छन्।

‘कालोधनको कुरामा त ओलीले महारथ प्राप्त गरेका छन्। यति समूह र ओम्नीसहितलाई प्रयोग गरेर ओलीले दशौँ प्रकरण गराउँदै कालोधनलाई झन् कालो बनाए’, उनले भने, ‘यस्तो कुरामा त ओलीलाई कसैले भेट्टाउन सक्दैन।’

शेरबहादुर देउवा नेतृत्वको पाँच दलीय सरकारले कालो धनलाई वैधानिक बनाऊ भन्नु उचित भएको उनको तर्क छ।

‘यो सरकारले कालो धनलाई वैधानिक बनाऊ भनेको छ। त्यसलाई प्रयोग गरेर सरकारले रोजगार बढाऊ भनेको छ। यो निर्णय ठीक छ’, उनले भने, ‘कालो धनलाई बाहिर ल्याएर राष्ट्रिय काममा लगाउनु जरुरी छ। कालो-सेतो जेसुकै भए पनि उत्पादनमुलक काममा लगाऊ र रोजगारी सिर्जना गर।’

उनले ओलीतिर लक्षित गर्दै कालोधनलाई कालै राखेर कमिसन खान खोजेको पनि बताए। ‘उनीहरुले त कालोधनलाई कालै राखेर कमिसन खान खोजेका छन्’, भट्टराईले थपे, ‘कालो धनलाई राष्ट्रिय काममा लगाउँदा हुन्छ, उत्पादनमुलक क्षेत्रमा प्रयोग गर्दा रोजगारी पनि बढ्छ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस