शनिबार, साउन १२, २०८१
  • होमपेज
  • पत्रपत्रिका
  • प्रभु साह एमालेमा असन्तुष्ट
पत्रपत्रिका

प्रभु साह एमालेमा असन्तुष्ट

माओवादी केन्द्रबाट एमालेमा आएका प्रभु साहले आफूलाई स्थायी कमिटीमा नलगेको भन्दै असन्तुष्टि जनाएका छन्। पूर्वमन्त्रीसमेत रहेका साहले देशलाई अग्रगामी निकास दिन क्रान्तिकारी ध्रुवीकरण भइरहेको बताउँदै एमाले पार्टीभित्रै आठबुँदे असहमतिपत्र दर्ज गराएका छन्। प्रदेश २ मा माओवादीकै ज्वाला साहसँगको अन्तरविरोध रहेकै कारण उनले एमाले अध्यक्ष केपी ओलीसमक्ष आठबुँदे असहमतिपत्र दर्ज गराएका हुन्।

उनी एमाले केन्द्रीय कमिटी बैठकमा समेत सहभागी भएका छैनन्। सर्वोच्च अदालतको फैसलाका कारण नेकपा एकीकरण बदर भएपछिको सहमति कार्यान्वयन नहुँदा एमालेमा बस्न समस्या रहेको भन्दै उनले एमालेभित्र विधान महाधिवेशन नभई एकता महाधिवेशन हुनुपर्ने माग राखेका छन्।

विज्ञापन

प्रदेश २ मा एक महानगरसहित तीन जिल्ला इन्चार्ज र चार जिल्ला अध्यक्ष पूर्वमाओवादीले पाउने सहमति भए पनि नपाएको भन्दै उनी असन्तुष्ट भएका थिए। ओलीले साहलाई स्थायी कमिटी सदस्य बनाउने प्रस्ताव गरे पनि त्यो अहिलेसम्म लागु भएको छैन।

विज्ञापन

अहिले उनले आइटी आर्मी नामको मोर्चाबाट जनपरिचालन र कार्यकर्ता परिचालनको काम गरिरहेका छन्। उनले एमालेसमक्ष आइटी आर्मीलाई जनवर्गीय संगठनको मान्यता दिन माग गरेका छन्।

एमालेका एक नेताका अनुसार साहले एमालेलाई जेठ २ अघिको होइन, जेठ ३ पछिको अवस्थामा लैजानुपर्ने माग गर्दै आएका छन्। उनको आठबुँदे मागमा जनताको बहुदलीय जनवाद होइन, नेकपाले अपनाएको जनताको जनवादलाई महाधिवेशनमा लैजानुपर्ने मागसमेत राखेका छन्।

त्यस्तै साहले एमालेको जेठ २ अघिको वैधानिक कमिटी र पदाधिकारीलाई कायम गर्दा माओवादीको केन्द्रको वैधानिक कमिटी र पदीय हैसियतअनुसार मिलान गर्नुपर्ने माग राखेका छन्। नागरिकमा खबर छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस