शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • केपी ओलीमा ‘बिजुवा प्रथा’ प्रवृत्ति देखियो : सांसद् सुदन किराती
समाचार

केपी ओलीमा ‘बिजुवा प्रथा’ प्रवृत्ति देखियो : सांसद् सुदन किराती

काठमाडौं ।

प्रतिनिधि सभाका सांसद् सुदन किरातीले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीमा ‘बिजुवा प्रथा’ प्रवृत्ति भएको बताएका छन्। राजधानीमा शनिबार बान्तावा खिम यलाखोम (उपत्यका)द्वारा आयोजित रेडियो तथा टेलिभिजन पत्रकारिता तालिमको समापन कार्यक्रममा उनले यस्तो बताएका हुन्।

विज्ञापन

सांसद् किरातीले मुन्दुम संस्कृतिमा भएको बिजुवाले अर्को पुस्तालाई आफ्नो पूरा ज्ञान नदिने र आफूजस्तै अरू बिजुवा आए ‘बाटो छेक्ने’ प्रथा रहेको भन्दै यस्तो प्रवृत्ति केपी ओलीमा देखिएको बताएका हुन्। यस्तो प्रवृत्तिले उत्तराधिकारी नजन्मिने र आफैँ सिद्धिएर जाने बताए।

विज्ञापन

‘मुन्दुम संस्कृतिमा बिजुवा प्रथा छ, जुन बिजुवा समाजमा प्रतिष्ठित भएर बसेको हुन्छ। तर त्यो बिजुवा जतिसुकै प्रतिष्ठित भएपनि बाँचुन्जेल अर्को पुस्तालाई आफ्नो सारा विधा हस्तान्तरण गर्न ऊ तयार हुँदैन। उत्तराधिकारी बनाउनै चाहँदैन’, उनले भने, ‘समाजमा कोही बिजुवा निस्कन खोजे बाटो छेकिन्छ, रगत छदाएर अङ्गभङ्ग पारिन्छ, उस्तै परे वाण हानिन्छ। यसले पुस्तान्तरण पनि हुँदैन बरु आफैं सिद्धिदै जान्छ। उसको ज्ञान उसँगै बिलाएर जान्छ । यो प्रवृत्ति केपी ओलीमा पनि देखियो।’

यस्तो संस्कारले समाज विकासमा बाधा पुर्‍याइरहेको सांसद् किरातीको भनाइ छ। उनले किराती संस्कारमा रहेको यस किसिमको नकारात्मक संस्कार राष्ट्रिय राजनीतिका शीर्ष नेतृत्वमा देखिएकोले किराती समुदायले मात्र नभएर सबैले यस किसिमको संस्कार त्याग्नुपर्ने बताए।

कार्यक्रममा विभिन्न व्यक्तित्त्वलाई सम्मान तथा तालिममा सहभागी १४ जना प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरिएको किरात राई बान्तावा खिम यलाखोमका सचिव मुकेश राईले जानकारी दिए। उनका अनुसार बान्तावा भाषामा रेडियो तथा टेलिभिजन कार्यक्रम उत्पादन तथा प्रस्तोता तालिम असोज २ देखि सञ्चालन भएको थियो।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस