शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • चुनावपछि एमाले नेपालमा भेटिँदैन, देशबाहिर जानुपर्छ : रञ्जित तामाङ
समाचार

चुनावपछि एमाले नेपालमा भेटिँदैन, देशबाहिर जानुपर्छ : रञ्जित तामाङ

पोखरा।

अखिल (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले आगामी निर्वाचनले एमाले खोज्न सीमापारि जानुपर्ने बताएका छन्। बिहीबार कास्कीको लामाचौरमा आयोजित अखिल (क्रान्तिकारी)गण्डकी प्रदेशको सम्मेलनमा तामाङले यस्तो जिकिर गरेका हुन।

विज्ञापन

केपी ओलीको पटक-पटकको प्रतिगमनकारी कदमपछि जनताहरू एमालेलाई पाठ सिकाउन निर्वचन कुरेर बसेको उनले बताए। ओली कदमलाई साथ दिने एमाले नेता कार्यकर्ताले आफ्नै खुट्टामा बन्चरो चलाएको उनको टिप्पणी छ। तामाङले अनेरास्ववियूले समेत विद्यार्थी आन्दोलनमाथि कालो पोतेको, विद्यार्थी आन्दोलनलाई मण्डलेकरण गरेको लगायतका आरोपहरू लगाए।

विज्ञापन

‘संसद् अपहरणको साक्षी र समर्थक बनेर एमाले अनेरास्ववियूले गम्भीर अपराध गरेको छ। मुलुकभरका शैक्षिक संस्थाहरूमा विद्यार्थीहरू हिसाब गरेर बसिराखेका छन्। आउँदो स्ववियू निर्वाचनमा प्रतिगमनको मतियार बनेको अनेरास्ववियूका निम्ति अन्तिम निर्वाचन हुनेछ।’ उनले भने, ‘मण्डले विद्यार्थी संगठनले आउँदो स्ववियू चुनावमा उम्मेदवार समेत नपाउने स्थिति बन्नेछ।’

आउँदो निर्वाचनमा गाउँ गाउँका जनता एमालेलाई धुलो चटाउने दिन कुरे जस्तै लाखौं विद्यार्थीहरू अनेरास्ववियूको बिदाइको निम्ति स्ववियू चुनावको मिति कुरेर बसेको उनको दाबी थियो।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस