शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • माधव नेपालले भने : अबको चुनावपछि केपी ओलीको पार्टी टर्च बालेर खोज्ने दिन आउँछ
समाचार

माधव नेपालले भने : अबको चुनावपछि केपी ओलीको पार्टी टर्च बालेर खोज्ने दिन आउँछ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अबको चुनावपछि देशबाट एमाले सक्किने दाबी गरेका छन्।

हेटौँडामा आयोजित आफ्नो पार्टीको भेलालाई शनिबार सम्बोधनका क्रममा एमालेबाट विभाजित भएर नयाँ यात्रा थालेका नेपालले यस्तो बताएका हुन्।

विज्ञापन

‘केपी ओलीको पार्टी (नेकपा एमाले) अर्को चुनावमा टर्च बालेर खोज्नुपर्ने अवस्थामा पुग्छ’, उनले भने, ‘अहंकारको घोडा चढेका मान्छेहरु अहिले त्यहाँबाट खसेपछि बर्बराइरुहेका छन्। अबको चुनावले उनीहरुको त्यो बर्बराहट पनि समाप्त गरिदिनेछ। जनताबीचबाट उनीहरु सक्किनेछन्।’

विज्ञापन

अध्यक्ष नेपालले केपी ओलीसहित एमालेका नेताहरुको काम नै गाली गर्ने भएको टिप्पणी गरे। ‘उनीहरुको काम नै गाली गर्ने हो गरून्, गरिरहुन्’, नेपालले भने, ‘हामी कु-बाटोमा जाँदैनौँ, सु-बाटो नै हिँड्छौँ।’

अध्यक्ष नेपालले आफूहरुले फूलको आँखाले संसार हेरिरहेको पनि जिकिर गरे। ‘हामी फूलको आँखाले संसार हेरौँला’, उनले भने, ‘ओली र उनका मान्छेहरु काँडाको आँखाले हेरुन्।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस