शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • हेर्दै जानुस्, हामी अब केपी ओलीलाई धुलो चटाउँछौँ : माधव नेपाल
समाचार

हेर्दै जानुस्, हामी अब केपी ओलीलाई धुलो चटाउँछौँ : माधव नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुले अब एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धुलो चटाएर छाड्ने बताएका छन्।

एकीकृत समाजवादीको भेलालाई हेटौँडामा शनिबार सम्बोधनका क्रममा उनले अब ओलीलाई आफूहरुले धक्का दिँदै जाने बताएका हुन्।

विज्ञापन

उनले कर्णाली र सुदूरपश्चिममा ओलीले ठूलो धक्का भोगिसकेको पनि बताए। ‘कर्णाली प्रदेशमा यो पार्टीले केपी ओलीलाई धुलो चटाइसकेको छ’, उनले भने, ‘हेर्दै जानुस् अब बागमती प्रदेश र प्रदेश १ मा पनि केपी ओलीले केही दिनमै धुलो चाट्ने छन्।’

विज्ञापन

अध्यक्ष नेपालले बागमती र प्रदेश १ का सरकार ढालेर आफ्नो पार्टीका नेतालाई मुख्यमन्त्री बनाउने संकेत गर्दै यस्तो भनेका हुन्।

‘नयाँ पार्टीको संकल्प बोकेर हामी यहाँ आएका छौँ। हामीले अरु भन्दा फरक हुन नै नयाँ पार्टी बनाएका हौँ’, उनले भने, ‘हामीले लामो यात्रा पार गरेर यहाँ आइपुगेका हौँ।
हाम्रो पार्टीमा पुष्पलाल जस्ता नेता जन्मिँदा केशरजंग रायमाझीहरु पनि जन्मिए।’

उनले पुष्पलालले पार्टी अघि बढाउँदा केशरजंग रायमाझीले पछि तान्न खोजेर कम्युनिष्ट पार्टीलाई दरबारमा सुम्पिएको पनि बताए।

त्यसपछि पुष्पलालले विद्रोह गरेको उनले स्मरण गराए। उनले आफूहरुको पार्टी दिनदिनै बलियो हुँदै गएको पनि तर्क गरे।

‘कसैले भ्रम फैल्याउन खोज्छ भने त्यसमा नपर्नुहोला। यो पार्टीको भविष्य छैन भनेर भ्रम फैल्याएका छन्’, उनले भने, ‘हामी कमजोर भनिएका लुम्बिनी र गण्डकीमा पनि बलियो उपस्थितिका साथ अघि बढेका छौँ। अन्यत्रको अवस्था अझै उत्साहप्रद छ। अब हामी वडादेखि बुथसम्म संगठन बनाउँछौँ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस