शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • तपाईँ ‘बादल’ जस्तो प्रतिगामीलाई चुनावमा माओवादीको वडा सदस्यले जित्छ : सुबोध सेर्पाली
समाचार

तपाईँ ‘बादल’ जस्तो प्रतिगामीलाई चुनावमा माओवादीको वडा सदस्यले जित्छ : सुबोध सेर्पाली

काठमाडौं ।

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश समिति सदस्य तथा वाईसीएल सह-संयोजक सुबोधराज सेर्पालीले रामबहादुर थापा ‘बादल’ लाई माओवादीको इमान्दार एक वडा सदस्यलाई चुनावमा जितेर देखाउन चेतावनी दिएका छन् ।

विज्ञापन

चितवन पुगेका नेकपा एमालेका नेता बादलले आगामी चुनावमा आफू भर्सेस प्रचण्ड हुने भन्दै प्रचण्डसंग चुनाव लड्न तयार रहेको जनाएका थिए ।

विज्ञापन

बादललाई प्रतिगमनकारीको संज्ञा दिदै नेता सेर्पालीले माओवादीको इमान्दार वडा सदस्यको सामना गर्न तयार रहन चेतावनी दिएका छन् ।

चुनाव लड्ने बेला नभएको भन्दै सेर्पालीले भनेका छन्, हतार नगर्नुस् । उम्मेदवार बन्नु भयो भने लेखा राखौंला ।

 

तर मलाई विश्वास छ तपाईं जस्तो प्रतिगामीलाई पराजित गर्न माओवादीको इमान्दार एक वडा सदस्य काफी छ । उसैको सामना गर्ने हिम्मत गर्नुहोला ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस