शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • ओलीले सोचेजस्तो भएन केन्द्रीय कमिटी बैठक, पहिलो गासमै ढुङ्गा
समाचार

ओलीले सोचेजस्तो भएन केन्द्रीय कमिटी बैठक, पहिलो गासमै ढुङ्गा

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक अहिले जारी छ । बैठकमा विधान महाधिवेशनका लागि तयार पारिएका प्रस्तावमा छलफल भैरहेको बताइएको छ ।

च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा सुरु भएको बैठक शनिबार सम्म चल्ने बताइएको छ। बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोचेजस्तो माहोल भने बनेको छैन। बैठक सुरू हुनासाथ नेताहरूले ओलीमाथि प्रश्न तेर्साएका छन् ।

विज्ञापन

बैठकमा १० बुँदे सहमतिबारे ओलीले पहिलो प्रश्न सामना गर्नुपरेको थियो । बैठक सुरु हुनासाथ नेता झपट रावलले १० बुँदे सहमति कार्यान्वयनका विषयमा प्रश्न उठाएका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक सुरु हुनासाथ रावलले उक्त प्रश्न उठाएका हुन्।

विज्ञापन

समान रूपमा १० बुँदे कार्यान्वयन नगर्दा कतिपय नेतालाई अन्याय भएको उनले उल्लेख गरे। बैठक निर्धारित समयभन्दा १ घन्टा ढिलो सुरू भएको हो। निर्धारित समयमै पुगेका अध्यक्ष ओलीले पछि आउनेलाई समयको ख्याल गर्न सम्झाएका थिए।

बैठकमा असोज १५, १६ र १७ गते हुन गइरहेको विधान महाधिवेशनका लागि राजनीतिक प्रस्ताव, सांगठनिक प्रस्ताव र विधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल हुने अजेन्डा तय भएको छ।

केन्द्रीय कमिटीको बैठकमा यसअघि एमाले स्थायी कमिटीको बैठकमा सदस्यहरुले राखेको सुझावसहितको मस्यौदा प्रतिवेदनमाथि छलफल हुने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

एमाले केन्द्रीय कमिटीको बैठकले विधानमहाधिवेशनमा लगिने विभिन्न प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने तामाङले बताए।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस