शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • बैठकमै ओलीमाथि खनिए भीम रावल
समाचार

बैठकमै ओलीमाथि खनिए भीम रावल

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीकै नेताले असमानता गर्न खोजेको आरोप लगाएका छन् । शुक्रबार च्यासलमा बस्न लागेको केन्द्रीय कमिटीको बैठकको सुरुमै उनीमाथि असमानता गर्न खोजेको आरोप लागेको हो ।

नेता भीम रावलले ओलीले असमानताको स्थिति पैदा गर्न लागेको बताएका थिए । ‘एकताको जगलाई कमजोर बनाउँदै असमान स्थिति पार्टीभित्र किन पैदा हुन खोज्दैछ ?’ रावलको प्रश्न थियो ।

विज्ञापन

त्यस्तै भीम रावल निकटका नेता झपट रावलले पनि १०बुँदे सहमति कार्यान्वयन नगरेर अध्यक्ष केपी ओलीले पार्टीभित्र असमानताको स्थिति पैदा गरेको आरोप लगाए ।

विज्ञापन

आजको केन्द्रीय कमिटीको बैठकमा आसन्न विधान महाधिवेशनमा पेश गर्ने राजनीतिक र सांगठनिक प्रतिवेदन तथा विधान संशोधनको प्रस्तावमाथि छलफल हुने बताइएको छ ।

बैठकमा असोज १५, १६ र १७ गते हुन गइरहेको विधान महाधिवेशनका लागि राजनीतिक प्रस्ताव, सांगठनिक प्रस्ताव र विधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल हुने भएको छ ।

यस्तै बैठकमा विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनहरूमाथि छलफल हुने जनाइएको छ। बैठक दुई दिनसम्म चल्नेछ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस