शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • चितवनका नयाँ सिडियो आस्मानले पत्रकारसँग भने , ‘न’राम्रा काममा ख’ब’रदारी गर्नुहोस’
समाचार

चितवनका नयाँ सिडियो आस्मानले पत्रकारसँग भने , ‘न’राम्रा काममा ख’ब’रदारी गर्नुहोस’

चितवन ।  चितवनमा भर्खर मात्रै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले पत्रकारहरुलाई खराब कामको ख’ब’दारी गर्दै बाहिर ल्याउन आग्रह गरेका छन् ।
न’का’रात्मक कामको ख’ब’रदारी गर्नुहोस् उनले अब तुरुन्तै एक्सनमा आउछु ।

बिहिबार जिल्लामा क्रियाशिल पत्रकार तथा संचारकर्मीसँग भएको परिचयात्मक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तामाङले जिल्ला भित्र हुने कुनै पनि किसिमका न’कारात्मक एवं हि’सां भ’ड्काउने गतिविधि बाहिर ल्याएर नागरिकलाई सुसोचित बनाउन आग्रह गरे ।

विज्ञापन

उनले जिल्लाको शान्ति सुरक्षाको विषयमा कुनै सम्झौता हुन नसक्ने बताएका छन् । शान्ति सुरक्षा नभए विकास र सेवा प्रवाहमा समस्या उत्पन्न हुने बताउँदै कर्मचारी प्रशासनमा चितवन जिल्ला प्रतिको धारणा सकारात्मक रहेको पनि उनले बताए ।
चितवन जिल्लामा सेवाका लागि आउन चाहने प्रशासकहरुको चाहना हुने भनाई पनि उनले राखे । चितवनको छवि देशविदेशमा निकै राम्रो रहेको बताउँदै उनले समग्र जिल्लाको विकास र सुरक्षामा समन्वयात्मक रुपमा अगाडि बढ्ने भनाई पनि उनले राखे ।
जिल्लाका सेवा प्रदायक कार्यालयहरुले नागरिकलाई प्रदान गर्ने सेवाहरु सहज रुपमा उपलब्ध गराउनका लागि कार्यालय प्रमुखहरुलाई निर्देशन दिएको उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी तामाङले जनगुनासो आउने गरी काम गर्ने कर्मचारीलाई कारबाही गर्ने बताएका छन् ।
बजारमा धेरै वि’कृतिहरु देखिएकाले पत्रकारहरुको रोहबरमा नै वि’कृति नि’यन्त्रण, ला’गुऔ’षध नि’यन्त्रण, स्वास्थ्य संस्थाको अनुगमन लगायतका कामहरु गर्ने तामाङको भनाइ छ ।

विज्ञापन

सोही कार्यक्रममा निरौलाले कार्यालयबाट प्रदान हुने कुनै पनि सुचनालाई सरल र सहज बनाउने प्रतिवद्धता जनाए । प्रमुख जिल्ला अधिकारी तामाङले पत्रकारहरुबाट जिल्लाको समग्र जानकारी तथा सुझावहरु लिएका थिए । उनले प्रशासनिक कामको सुधारसँगै सेवाग्रहीलाई सेवामैत्री वातावरण तयारमा ध्यान दिने बताए ।

नागरिकलाई सविंधानले प्रत्याभूत गरेका आधारभूत अधिकारहरुलाई सहज तरिकाले प्रदान गर्दै जनमुखी सेवा प्रवाहमा मुख्य जोड दिने तामाङको भनाई छ ।
तामाङले मेडिकल सिटी चितवनमा धेरै स्वास्थ्य संस्थाहरु रहेका भन्दै एम्बुलेन्सका वि’कृति, फार्मेसी, क्लिनिक, पोलिक्लिनिक लगायतको नियमन गर्दै चाँडै उनीहरुसँग बैठक बस्ने तामाङले बताए । जिल्लाको स्वास्थ्य सेवालाई सुरक्षित बनाउने तामाङले थप प्रतिबद्धता थियो ।
तामाङले मुलुकको केन्द्र केन्द्र भाग यहाँ लागुऔषधको कारोबार हुने गरेकाले त्यसको नि’य’न्त्रणमा सक्दो काम गर्ने बताए ।
जिल्लामा नागरिकताविहीनताको अवस्था अन्त्य गर्नका लागि नागरिकता पाउनुपर्ने उमेरका जिल्लावासीलाई घरमै गएर नागरिकता वितरण गर्ने, कार्यालयको ढिलासुस्ती अनियमतता हटाउने, जिल्लाका कार्यालयहरु सफासुग्घर राख्न लगाउने जस्ता काममा सधैँ सचेत रहेको प्रमुख जिल्ला अधिकारी तामाङले बताए ।
चितवनबाट वैदेशिक रोजगारमा गएका व्यक्तिहरुको तथ्यांक लिने कामसमेत सुरु गरिसकेको तामाङको भनाइ छ । यस्तै यहाँको भरतपुर संघीय अस्पताल, वीपी कोइराला क्या’न्सर अस्पताल, कृषि तथा वन विज्ञान विश्वविद्यालयमा स’मस्या भएको भन्दै त्यहाँका स’मस्या समाधानका लागि प्रमुख जिल्ला अधिकारीको भूमिका महत्वपूर्ण हुने अधिकारीले बताए ।

सो कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीले पत्रकारहरुको तर्फबाट सुझाव राख्दै जिल्ला सबै क्षेत्रमा वेथिति रहेको भन्दै सूचना मैत्री चितवन बनाउन माग पनि गरेका थिए ।
भेटघाटमा पत्रकारले जिल्लामा बजार अनुगमन चाडपर्वका समयमा मात्रै हुने गरेकाले अन्य समयमा पनि बजार अ’नुगमन गर्नुपर्ने सुझाएका थिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस