आइतवार, कार्तिक २२, २०८३
  • होमपेज
  • समाचार
  • केपी ओली सामन्ती हिन्दु अतिवादी , भगौडा, दिमागमा गोबर भरिएको मान्छे : प्रचण्ड
समाचार

केपी ओली सामन्ती हिन्दु अतिवादी , भगौडा, दिमागमा गोबर भरिएको मान्छे : प्रचण्ड

सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी ओलीलाई सामन्ती अतिवादी दिन्दू भएको आरोप लगाएका छन्।

काभ्रेको पाँचखालमा पार्टीको भातृ संगठन योङ कम्युनिष्ट लिग, (वाईसीएल) को दोस्रो पाँचखाल नगरसभालाई बिहीबार सम्बोधन गर्दै ओलीप्रति तीव्र असन्तुष्टि जनाएका हुन्।

विज्ञापन

‘केपी प्रवृत्ति सामान्ती हिन्दु अतिवादी हो’, प्रचण्डले आरोप लगाउँदै भने, ‘पशुपतिमा जलहरी चढाउँदै हिँडे। मेरो निर्वाचन क्षेत्रमा राम, सीता, हनुमान राख्दै हिँडे। रामसीताको विषयमा म लड्न जानु त भएन नि।’

विज्ञापन

ओली विदेशीसँग लम्पसार परेको भन्दै प्रचण्डले ओलीलाई भगौडा भएको समेत आरोप लगाए। ‘केपी भगौडा हो, कम्युनिष्ट आन्दोलन, मार्क्सवादबाट भागे,’ उनले भने, ‘बालुवाटारबाट निकाल्यौँ तर तामझामसहित उनी बालकोटको बार्दलीमा पुगेर कराए।’

नेकपा एकता भंग भए पनि आफूहरुले केपी प्रवृत्तिमाथि विजय पाएको उनले बताए। ‘केपी जस्तो अंहकारी र निरकुंशलाई हटायौं’, उनले भने, ‘केपी ओली गिदीभित्र गोबर भरिएको मान्छे हो।’

 

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न
समाचार
ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न

चितवन, कात्तिक २३ – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व तथा सामुदायिक सेवा कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा ग्रेस इन्टरनेशनल चितवन क्षेत्रअन्तर्गतका नारायणगढ, पर्सा र कावासोती शाखामार्फत रक्तदान, खाद्यान्न तथा घरायसी सामग्री सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, स्वास्थ्य तथा शिक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य शिविर […]

  • १३ घन्टा अगाडि

भर्खरै

सिफारिस