शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • बादल र टोपबहादुरलाई सम्झिँदा पनि एलर्जी भएर आउँछ : प्रचण्ड
समाचार

बादल र टोपबहादुरलाई सम्झिँदा पनि एलर्जी भएर आउँछ : प्रचण्ड

नेताहरु बिग्रिएका कारण माओवादीसँग जनता निराश भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्।

काभ्रेको पाँचखालमा पार्टीको भातृ संगठन योङ कम्युनिष्ट लिग, (वाईसीएल) को दोस्रो नगरसभालाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

विज्ञापन

‘पहिले मेला र खेतीमा सघाउन आउँथे तर अहिले माओवादी कहाँ गए भनेर जनता निराश छन्’, उनले भने, ‘ग्राउन्डमा बस्ने कार्यकर्ता बिग्रिएका छैनन्। जसलाई धेरै मन्त्री बनायो त्यही सबैभन्दा ठूलो भगौडा भएर निस्किए। नेताहरु साह्रै बिग्रिए।’

विज्ञापन

प्रचण्डले एमालेतिर गएका टोपबहादुर रायमाझी र रामबहादुर थापा बादलको नाम नै लिएर आफूलाई घिन लाग्ने गरेको बताए।

‘टोपबहादुर रायमाझी भन्नेलाई मैले कतिचोटी मन्त्री बनाएँ’, उनले भने, ‘त्यो बादललाई कहाँबाट ल्याएर सरकारको नेतृत्व गर्न गृहमन्त्री बनाए। तर अहिले हेर्नुस् त, सम्झिँदा पनि एलर्जी हुन्छ।’

उनले आफैं पनि बिग्रिएकाले अब सुध्रिएर समाजवादी क्रान्तिमा हामाफल्ने बताए। ‘बिग्रिएको मै हो, म सच्चिन्छु, अरु को को सच्चिने नसच्चिने तयार हुनुस्’, उनले भने, ‘अब एक पटक हामफाल्छु समाजवादी क्रान्तिका लागि। अरुलाई भन्दा पहिले आफैंलाई सुधार्छु।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस