शुक्रबार, कार्तिक ५, २०७८
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भारतले भन्यो, ‘नेपालका परराष्ट्रमन्त्रीसँग अमेरिकामै वार्ता हुनसक्छ’
समाचार

भारतले भन्यो, ‘नेपालका परराष्ट्रमन्त्रीसँग अमेरिकामै वार्ता हुनसक्छ’

काठमाडौं ।

परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय परराष्ट्रमन्त्री एस जय शङ्करबीच न्यूयोर्कमा भेटहुने सम्भावना बढेको छ ।

नवनियुक्त परराष्ट्रमन्त्री खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा बिहीबार अमेरिका जाँदै हुनुहुन्छ । उहाँ आजै मध्यान्ह न्यूयोर्क पुग्ने बताइएको छ । उता भारतीय समकक्षी शङ्कर भने यसअघिनै उक्त कार्यक्रमकै सिलसिलामा अमेरिका पुगिसक्नु भएको छ । सो क्रममा अमेरिकामा दुई छिमेकी मुलुकका परराष्ट्रमन्त्रीहरुबीच भेटवार्ता हुने भारतीय कुटनीतिज्ञहरुले बिहीबार बताएका छन् ।

विज्ञापन

‘नेपालका परराष्ट्रमन्त्री र भारतका विदेशमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता हुने सम्भावना प्रबल छ’ भारतीय एक कुटनीतिज्ञले बताएका छन् ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को वर्तमान अध्यक्ष नेपालले महासभाका सन्दर्भमा आयोजना गर्दै आएको सार्क मुलुकका परराष्ट्रमन्त्रीको अनौपचारिक बैठक यसपटक अफगानिस्तानको बदलिँदो राजनीतिक परिदृश्यलाई दृष्टिगत गरी स्थगन गरिएका बेला हुनलागेको नेपाल र भारतका विदेशमन्त्रीको भेटवार्तालाई महत्वपूर्ण मानिएको छ ।

भारतीय परराष्ट्रमन्त्री शङ्करले बिहीबारै नेपालका नवनियुक्त परराष्ट्रमन्त्री खड्कालाई बधाई दिँदै सहकार्यका लागि प्रतीक्षारत रहेको प्रतिकृया दिनुभएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

प्रधानन्यायाधीशलाई महाभियोग लगाउन आह्वान
समाचार
प्रधानन्यायाधीशलाई महाभियोग लगाउन आह्वान

काठमाडौं। पूर्वन्यायाधीशहरूको संगठनले प्रधानन्यायाधीशलाई प्रतिनिधीसभाले महाभियोग लगाउनुपर्नेसम्मको आह्वान गरेको छ। पूर्वन्यायाधीशहरूको संगठन ‘पूर्वन्यायाधीश फोरम, नेपाल’ले आज एक विज्ञप्ति सार्वजनिक गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको कार्यसम्पादनले न्यायिक नेतृत्वप्रति जनमानसमा शंका उत्पन्न भएको टिप्पणी गर्दै महाभियोगसम्म जानुपर्ने संकेत गरेको हो। विज्ञापन ‘सर्वोच्च अदालतद्वारा सर्वोच्च अदालत उपर नै अन्तरिम आदेश जारी हुनु, न्यायिक मान्यताविपरीत त्रुटिपूर्ण अन्तरिम आदेश बेलैमा […]

  • ४0 मिनेट अगाडि

भर्खरै

सिफारिस