शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • चैतभित्र सबै नागरिकलाई खोपको लक्ष्य पुरा हुन्छ : मन्त्री कार्की
समाचार

चैतभित्र सबै नागरिकलाई खोपको लक्ष्य पुरा हुन्छ : मन्त्री कार्की

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारको लक्ष्य अनुसार नै आगामी चैत्र मसान्तभित्र सबै नागरिकलाई कोभिडविरुद्धको खोप लगाइसक्ने बताएका छन्।

नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले सरकारले जनताको जीवन रक्षा गर्ने कामलाई पहिलो कर्तव्य सम्झेर सबै नागरिकलाई कोभिडविरुद्धको खोप पुर्‍याउने अभियानलाई प्रभावकारी ढंगले अगाडि बढाइरहेको दाबीसमेत गरे।

विज्ञापन

मंगलबार सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा पुगेका इन्टरनेशनल कमिशन अफ जुरिष्ट्स, एडभोकेसी फोरम, एम्नेष्टि इन्टरनेशनल नेपाल, जुरी नेपाल र नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)का पदाधिकारीहरुसँगको सामूहिक भेटमा उनले आफूहरु सरकारमा आउँदा मुलुकमा कोभिडको ठूलो आतंक रहेको र हाल आएर त्यसलाई सामान्य अवस्थामा पुर्‍याउन सफल भएको पनि बताए।

विज्ञापन

मन्त्री कार्कीले सरकार जनतालाई कोभिडबाट मुक्त गर्ने र मुलुकमा सुशासन कायम गर्दै दिगो शान्ति र दिगो आर्थिक विकासको कामलाई अगाडि बढाउने काममा अग्रसर भइरहेको बताए। उनले मुलुकमा राजनीतिक स्थिरता कायम गरी मुलुकलाई दिगो आर्थिक विकासको बाटोमा अगाढि बढाउन सरकारलाई साथ, सहयोग र समर्थन गर्न पनि सबैलाई आग्रह गरे।

मन्त्री कार्कीले भने, ‘सबै नेपालीलाई भ्याक्सिन लगाउने काममा सरकार अगाडि बढिरहेको छ। र त्यो लक्ष्य पूरा हुन्छ। जनताको जीवन रक्षा नै प्रथम कर्तव्य हो–सरकारको। त्यो दायित्व पूरा गरिराखिएको छ। र त्यसपछि मुलुकलाई स्थिरता दिएर सुशासन कायम गर्दै दिगो शान्ति, दिगो आर्थिक विकासतर्फ हामी अगाडि बढ्नु पर्दछ। यही अभियानमा हामी सबै छौं। यही अभियभानमा सरकारलाई सबैको साथ, सहयोग र समर्थनको अपेक्षा गर्दछु।’

मन्त्री कार्कीले वर्तमान सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन पनि गम्भिरतापूर्वक काम गरिरहेको बताए। उनले ‘नो भ्याक्सिन’को अवस्थाबाट मुलुक सामान्य अवस्थामा आउनु ठूलो उपलब्धि भएको तर्क समेत गरे।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस