शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • ओलीले १० बुँदेका नाममा नेताहरूलाई झुलाए : रामकुमारी झाँक्री
समाचार

ओलीले १० बुँदेका नाममा नेताहरूलाई झुलाए : रामकुमारी झाँक्री

बुटवल।

नेकपा एकीकृत समाजवादीका नेता रामकुमारी झाँक्रीले एकीकृत समाजवादी पार्टी नेपालको कम्युनिस्ट आन्दोलनको मूल प्रवाहको पार्टी बन्ने बताएकी छन्। बुटवलमा लुम्बिनी प्रदेश कमिटीको प्रथम बैठकमा उनले विद्रोह र पुनर्गठनबाट आएको पार्टी भोलि नै ठूलो पार्टी बन्न नसक्ने बताइन्।

विज्ञापन

‘आजै विद्रोह र संघर्षबाट आएको पार्टी भोलि नै ठूलो पार्टी बन्छ ?’ उनले भनिन्, ‘वस्तुगत अवस्थाले यसो भन्छ त ? नभन्न पनि सक्छ, आज विद्रोहको प्रक्रिया सुरु भएको छ, लुम्बिनीमा भर्खर विद्रोहको सलाईको काँटी सल्किएको छ र विस्तारै यो फैलिँदै जान्छ।’

विज्ञापन

उनले एकीकृत समाजवादी पार्टी बहुसंख्यक युवा र सम्मान गर्नलायक अग्रजहरूको पार्टी बन्ने बताइन्। ‘हामी विद्रोहबाट आएका छौं, चुनौती छन् तिनलाई चिर्दै हामी बढ्ने हो,’ उनले भनिन्, ‘हामीलाई लुम्बिनीमा चुनौती दिनेहरूलाई हामी अब चुनौती दिन्छौं, त्यसका लागि पार्टी बनाउन लाग्नुस् र युवा र अग्रज मिलेर यो अभियानलाई अघि बढाऊँ।’

झाँक्रीले एमाले अध्यक्ष केपी ओलीले वैदेशिक हस्तक्षेप भित्र्याएर मुलुकलाई तहसनहस पार्न खाजेको बताइन्। उनले एकीकृत समाजवादी एमाले विभाजन भएर निर्माण भएको नभई एमालेबाट विद्रोह गरेर निर्माण भएको स्पष्ट पार्दै सलाईको काँटीको झिल्को जस्तै बनेर प्रतिगमनकारीको योजनालाई ध्वस्त बनाउन कार्यकर्ताहरुलाई आग्रह गरिन्। उनले घनश्याम भुसालसहितका पूर्व नेपाल पक्षका नेताहरुलाई लक्षित गर्दै अरूले बनाएको दरबारमा सयर गर्नेहरूले कठिन यात्रा तय गर्न नसकेको टिप्पणी गरिन्।

झाँक्रीले एमाले अध्यक्ष ओलीले १० बुँदे कार्यान्वयनको नाममा नेतालाई झुलाएको जिकिर पनि गरिन्। १० बुँदे सम्झौताको कोर्स करेक्सन भत्काएर ओलीले मुलुकमा राजनीतिक अस्थिरता र द्वन्द्व निम्त्याउन खोजेको उनको दाबी छ। ‘ओलीले १० बुँदेको कोर्स करेक्सन भत्काउने र विदेशी हस्तक्षेप भित्र्याएर मुलुकलाई तहसनहस पार्न खोजेका छन्। १० बुँदे कार्यान्वयनको नाममा ओलीले नेताहरूलाई अल्मल्याएका छन्,’ झाक्रीले भनिन्।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस